बिहिबार, फागुन ०१, २०८१

नेपालको रसुवामा उत्पादन भएको पानी जापानी बजारमा बिक्री-वितरण

टोकियो । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनिरल वाटर अब जापानी बजारमा पनि बिक्री वितरण हुने भएको छ ।

बिहीवार जापानको राजधानी टोकियोमा एक कार्यक्रमको आयोजना गरी नेपालको रुद्र गंगा नेचुरल वाटर कम्पनी लिमिटेडले रसुवाको हिमाली भेगमा उत्पादन गरेको पानी जापानको बजारमा बिक्रीवितरण गर्नका लागि जापानको हार्मोनी कम्पनी संग सहकार्य गरेको बताएको छ ।

ति दुइ कम्पनीले एक संयुक्त कार्यक्रमको आयोजना गरी नेपाली बजारमा उत्पादित पानीलाइ जापानी बजारमा बिक्रि बितरण गर्ने कार्यको सुभारम्भ भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा हार्मोनी कम्पनीका प्रमुख योकोयामा दान्ज्योले जापानमा अहिले तीन हजार मिटर उचाइ सम्मको मुल बाट निस्किएको पानी खाईरहेको बताउदै अब नेपालको रसुवा जिल्ला जो ७ हजार मिटरको उचाइबाट निस्किएको पानीलाइ जापानी बजारमा पुर्र्याउने जमर्को गरेको जानकारी दिनुभयो ।

उच्च पहाडी भेगबाट निस्किएको मुलको पानी पिउदा मिठो र स्वास्थ्यका लागि पनि राम्रो मानिने भएकाले नेपालमा उत्पादित पानीलाइ जापानमा बजारीकरण गर्न लागेको दान्ज्योको भनाइ छ ।

नेपालमा उत्पादीत पानीको विभिन्न चरणको परिक्षणहरु सकेर जापानको बजारमा बिक्रि अनुमति पाएको हार्मोनी कम्पनीका केशबराज घिमिरेले जानकारी दिनुभयो । ‘जापान जस्तो ठाउमा नेपालमा उत्पादित पानीले बिक्रि वितरणका लागि अनुमति पाउनु हाम्रो लागि खुसिको कुरा हो’ घिमीरेले भन्नुभयो । ‘नेपालको उत्पादन जापानी बजारमा बजारीकरण गर्ने हाम्रो उद्देश्य पुरा भएको छ।’

त्यस्तै रुद्र गंगा कम्पनी लिमिटेडका प्रमुख गणेश भण्डारीले नेपालको पानी जापानमा बिक्रि संगै दुर्लब रेडपाण्डालाइ समेत विश्वमा चिनाउने उद्देश्यले बोतलको डिजाइनमा रेडपाण्डाको चित्र राखिएको बताउनुभयो । ‘नेपालको पानीलाइ जापानमा बजारीकरण गर्ने कुरा त मुख्य भैहाल्यो, त्यो संगै रसुवाको रेडपाण्डालाइ पनि विदेशमा चिनाउने उद्देश्य हो’ भण्डारीले भन्नुभयो ।

प्रोडक्ट लन्च कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदुत डा। दुर्गा बहादुर सुबेदीले नेपाली उत्पादन जापानको बजारमा आउनु भनेको नेपाल र नेपालीहरुको गर्वको कुरा भएको उल्लेख गर्नुभयो । कार्यक्रममा जापानमा क्रियाशिल बिभिन्न संघसस्थाका प्रतीनिधीहरुले शुभकामना दिएका थिए ।