शुक्रबार, बैशाख ११, २०८३

काभ्रेली समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा नीरज तामाङ

जापान । काभ्रेली समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा काभ्रेली समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट अध्यक्षमा नीरज तामाङ चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा छेवांग लामा र इन्द्र तामाङ, उपाध्यक्षमा निर्मल लामा र श्याम लामा, महासचिवमा देवेन्द्र लामा, सचिवमा सायास लामा, कोषाध्यक्षमा लोप्सांङ लामा र सह कोषाध्यक्षमा सरोज थापा रहेका छन् ।

यसैगरी, सदस्यहरुमा सोबीन लामा,सुबास भुजेल, प्रबीन तामाङ, दिलीप लामा रहेका छन् । काभ्रेली समाज जापानको संरक्षकमा गोपाल थोकर, सम्बोधन लामा रकर्साङ तामाङ रहेका छन् भने सल्लाहकारमा अखिल लामालाई मनोनयन गरिएको छ।