शनिबार, बैशाख ०८, २०८१

परियोजना अघि बढाउन एमसीसी उपाध्यक्षले मागे गृहमन्त्रीसँग सहयोग

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी एमसीसी परियोजनाका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । शनिबार गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक सुरक्षा र समन्वयनको काममा सहयोग गर्न गृहमन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा गृहमन्त्रीले परियोजना अघि बढाउन सरकारकातर्फबाट सबै सहयोग हुने बताएका गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहसचिव दिनेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन समेत सहभागी थिए ।