शनिबार, बैशाख ०८, २०८१

बिनिता पहरीकाे उपचारमा समस्या, सहयोगकाे लागि अपिल

काभ्रे । काभ्रे पलाञ्चाेक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर ६ काेलाँती भुम्लु नीवासी आसाकाजी पहरीकी श्रीमती २७ वर्षकि बिनिता पहरी अहिले गम्भीर विरामी परेकी छिन् ।

करिव एक महिना अघि आगाेमा परी जलेपछि दाहिने गाेडाकाे औंलाहरू झरे लगत्तै पाँचखालको काफ्ले टि अस्पतालमा एक हप्ता राखिएको र त्यसपश्चात आर्थिक अभावका कारण अस्पतालबाट घर फिर्ता लगिएको थियाे । साथै, पिडित बिनिताकाे मानसिक संन्तुलन ठिक नभएको र छारे राेग समेत भएको उनकाे परिवारले जानकारी दिएको छ ।

पिडित परिवारकाे आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या भएको आसाकाजीकाे भाइ हिराकाजी पहरीले बताए । पहिले उपचारको क्रममा पचास हजार खर्च भइसकेको र फेरि उक्त आगाेले जलेकाे भाग काट्नु पर्ने भएकोले आईतबार काठमाडौंस्थित वीर अस्पतालमा लाने तयारी गरिएको हुदाँ उपचारमा धेरै खर्च लाग्ने उनले जानकारी दिए ।

सबै सम्पत्ती श्रीमतीको उपचारमा खर्च भइसकेको भन्दै श्रीमतीकाे उपचारका लागि सबैलाई पिडितकाे श्रीमान आशाकाजीले सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहाने जो सु कैले पनि आसाकाजीकाे भाई
हिराकाजी पहरीलाई माेबाईल नम्बर ९८१८३४५३१३ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।