बिहिबार, बैशाख ०६, २०८१

एनआरएनए जापानको पहलमा छात्रवृत्तिमा छनौट भएका विद्यार्थीलाई प्रमाणपत्र वितरण

जापान । एनआरएनए जापानको पहलमा आईएचएनओबाट प्रदान गरिने छात्रवृत्तिका लागि छनौट भएका जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिमा छनौट भएको प्रमाणपत्र वितरण गरिएको छ।
आईतबार एक समारोहका चिव एनआरएनए जापान र आईएचएनओले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिमा छनौट भएको प्रमाणपत्र वितरण गरिएको हो ।

नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिमा छनौट भएको प्रमाणपत्र वितरण कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा दुर्गा बहादुुर सुवेदीको उपस्थितिमा छात्रवृत्तिमा छनौट भएको प्रमाणपत्र वितरण गरिएको थियो । यस वर्ष जापानभरबाट ६० जना नेपाली विद्यार्थीहरु छात्रवृत्तिका लागि छनौट भएका छन् । एनआरएनए जापान तथा आईएचएनओको सहकार्यमा हाल सम्म ४०० जना भन्दा धेरै विद्यार्थीहरुले यो सुबिधा लिईसकेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
यस छात्रवृत्तिको माध्यमबाट हालसम्म १० करोड येनभन्दा धेरै बितहरण गरि सकेको बताईएको छ।