काठमाडौ । नाट्यश्वर कलाकेन्द्र एण्ड इभेन्टसकाे अायाेजनामा रहेको तेस्राे नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम चलचित्र बिकास बाेर्ड चावाहिल काठमाडौमा साेमबार सम्पन्न भएको छ ।
पाँच दर्जन भन्दा बढी कलाकारहरु अवार्ड विजेता बनेका थिए । जसमध्ये राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको महासचिव करण तामाङले सर्बाेत्कृष्ट तामाङ सेलाे गायन विधामा अवार्ड विजेता बनेका हुन । तामाङले अहिलेसम्म एकवटा अन्तर्राष्ट्रिय र दुईवटा राष्ट्रिय गरि याे सहित ३ वटा अवार्डहरु हात पारिसकेका छन् ।
कार्यक्रम निर्देशक किरण प्रसाद अधिकारी र अवार्ड विजेता बनाउन साथ सहयोग प्रदान गर्ने सबैलाई तामाङले धन्यवाद दिएका छन् ।

