आइतबार, बैशाख ०६, २०८३

नगरप्रमुख श्रेष्ठकाे उपस्थितिमा गाेदावरी खाेला सरसफाई अभियानकाे २०८ औं हप्ताकाे सचेतनामुलक कार्यक्रम

मायालु लामा, ललितपुर । गाेदावरीखोला क्षेत्र सरसफाइ अभियानको २०८ औं हप्ताको सचेतनामुलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

महिला तथा बालबालिकाकाे पहलमा ”हाम्रो गोदावरी,स्वच्छ सफा र सुन्दर गोदावरी”भन्ने नाराका साथ प्रत्येक शनिबार संचालन हुँदैं आएकाे अभियान आज महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सानागाउँ वडा नम्बर ८ र लुभु ६ जाेड्ने पुलमा २०८ औं हप्ताको कार्यक्रम सम्पन्न गरिएको हाे ।

गाेदावरी खाेला सरसफाई अभियानकाे सरसफाई कार्यक्रममा ३ टन फाेहाेर संकलनका भएकोमा फाेहाेर व्यवस्थापन सिर्जनसीप सेवा प्र.लि. काे सहयाेगमा गरिएको अभियनकि संयाेजक बेबी राजभण्डारीले जानकारी दिईन् । सुरूवातमा फाेहाेरकाे डंगुर , गाेदावरी खाेलाका भएको पुल वरपर क्षेत्रमा धेरै फाेहाेर, पशुपन्छि पालकहरूले सिनु र खाेलामा भएको घाटमा कपडा लगायतले भरीएकाे दुर्गन्धित हुदैं गएकाे गाेदावरी खाेला आज २०८ औं हप्तासम्म लगातार सफाइ गरिरहँदा यसकाे स्वरूप हुदै मात्रामा केही सकारात्मक परिवर्तन भईरहेकाे छ ।

खाेला प्राकृतिक श्राेतकाे एउटा श्रृंखला हाे यसलाई जति सफा गरेपनि सम्भव हुदैन तर सामाजिक अभियन्ताहरूसंगै निरन्तर खाेला सफाइ अभियानमा जुटेका कृयाशिल व्यक्तित्वहरूले गरेकाे कामले सफलता पाउनुका साथै गरे असम्भव कुराहरू पनि सम्भव हुन्छ भन्ने उदहारण प्रस्तुत गरेका छन् । साथै,खाेलानाला सफाइ राख्नु स्थानीय सरकारकाे पनि दायित्व भएकोले अभियानमार्फत जनप्रतिनिधिहरूलाई गाेदावरी खाेलामा नै उपस्थिति गराएर आगामी दिनमा खाेलालाई स्वच्छ सफा राख्न निरिक्षणका साथै फाेहाेर फ्याक्ने व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग अभियन्ताहरूकाे छ ।

कार्यक्रममा, स्वमान उपाध्यक्ष सहदेव राउतले खाेला प्राकृतिक श्राेतकाे एक अंग रहेकाे कारण यसलाई सफा गरे वरिपरिकाे वातावरण सफा हुने बताए । खाेला सफा गरेर साध्य नभए पनि निरन्तर काम गरिरहँदा जनमानसमा प्राकृतिक श्राेतकाे उपयाेग र संरक्षणबारे सचेतना जाग्न सक्नेमा उनी विश्वस्त छन् ।

खाेला सफा गर्नु रहर नभई याे सबैकाे साझा अभियाननै भएको संयाेजक राजभण्डारी बताउँछिन् । बढ्दाे सहरिकरणसंगै खाेला नाला र पानीकाे मुहानकाे जग्गा मिचि टहराहरू निर्माण गरिनु , प्राकृतिक श्राेत र साधनकाे उपयाेग र त्यस्काे संरक्षणबारे स्थानीयवासीहरूमा कुनै चेतना नहुनु , खराब प्रवृतीले जराे गाड्नु अभियानकाे क्रममा  मुख्य चुनाैती बनेकाे उनकाे भनाई छ ।

गाेदावरी खाेला सफाइमा राजनीतिक दल, बुद्धिजिवि , समाजसेवी तथा पत्रकारहरूलेपनि आ आफ्नाे स्थानबाट भरिपुर्ण साथ सहयाेगहरू मिलिरहे पनि खाेला आसपासकै स्थानीयहरूकाे साथ सहयाेग पाउन गाह्राे भइरहेकाे उनी बताउँछीन । गाेदावरी खाेला संगसंगै स्थानीयहरूकाे मन मस्तिस्क पनि सफा हुनुपर्ने बताउँदै संयाेजक राजभण्डारीले अभियानमा सबैले हातेमालाे गरे भविस्यमा आर्थिक प्रगतिका साथसाथै पर्यटकिय स्थलकाे रूपमा विकास गर्न सकिने बताईन् ।

यसैगरी, अभियानले साप्ताहिक रूपमा सचेतनामुलक सरसफाइ गर्नुका साथै आगामी दिनमा समुदायस्तरमा सचेतनामुलक अभिमुखिकरण कार्यक्रम, फाेहाेर वर्गिकरण तथा व्यवस्थापन सम्बन्धि तालिम, अन्तर्कृया कार्यक्रमहरू पनि गरिने संयाेजक राजभण्डारीले जानकारी दिईन् ।

कार्यक्रममा, महालक्ष्मी न.पा वडा ८ लुभुका जन प्रतिनिधि विनाेद केसि,प्रहरी प्रभाग लुभूका प्रहरीहरू , नगर प्रहरी , सृजनशिप प्रा.लिका कार्यक्रम संयाेजक खगेन्द्र विष्ट, पविन्द्र श्रेष्ठ, श्री महर्जन, गाेपि कार्की लगायत अभियन्ताहरुको उपस्तिथि रहेकाे थियाे ।

यसैगरी, अभियानमा सामाजिक अभियन्ता बुद्ध रत्न महर्जनबाट गाेदावरी खाेला अभियानकि संयाेजक राजभण्डारीलाई सरसफाइ सामाग्री ४ थान सुइरो तथा २ थान दाते हस्तान्तरण गरिएको थियाे ।