बुधबार, बैशाख १९, २०८१

द लाइफ स्टाईलद्वारा विभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान

काठमाडौं । नेपालमा धेरै प्रकारका सांगीतिक तथा साहित्यिक,फेसन तथा मोडलिङ अवार्डहरु हुने गरे पनि कर्पोरट क्षेत्रका व्यक्तिहरुका लागि अवार्ड हुने गरेको पाईदैन । पक्कै पनि मुलुकका लागि योगदान पु¥याउने व्यक्तित्वहरुका कामलाई उच्च मुल्याङ्कनका साथै उनीहरुले गरेका कार्यलाई आगामी पुस्तालाई बुझाउन सके आर्थिक अवस्था पनि बलियो हुन्छ ।

यसैलाई मध्यनज गर्दै द लाइफ स्टाईलले पेशा तथा व्यवसायको माध्यमबाट मुलुकलाई योगदान पु-र्याई उदाहरणीय बन्न सफल भएका विभिन्न क्षेत्रका विशेष व्यक्तित्वहरुलाई ‘लेजेण्ड्रि अवार्ड’ तथा अन्य व्यक्तिहरुलाई ‘अनर अवार्ड’ प्रदान गरेको छ । कलिउड हवको व्यवस्थापन र इशान बाल तथा महिला अस्पतालको प्रायोजनमा आयोजीत “कर्पोरट अनर अवार्ड – २०२२“ द्वारा उनीहरुलाई अवार्ड प्रदान गरिएको हो ।

कार्यमलाई सम्बोधन गर्दै पुर्व रक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य भिमसेनदास प्रधानले यस्ता खालका कार्यक्रमले पेशा तथा व्यवसायमा संलग्नहरुलाई हौसला मिल्ने बताउँदै मुलुकमा विभिनन अवार्ड कार्यक्रम भएपनि कर्पोरट अनर अवार्ड फरक पाइएकाले आयोजकलाई धन्यवाद व्यक्त गरे । साथै, उनले पछिल्लो समय मिडिया शसक्त भएसंगै बलात्कार तथा महिला हिंसाका समाचारहरु आईरहेको बताउँदै ग्रामीण भेगमा नै शिक्षाका साथै रोजगारी दिन सकेमा हिंसाका समाचार कम आउने बताए ।

यस्तै, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारिले देशलाई माया गरी गरिमा बढाउने सम्पूर्ण व्यवसायीहरुको प्रशंसनिय कार्यको मुल्याङ्कन गर्दै अनर प्रदान गरेकोमा आफु हर्षित भएको बताए । आगामी दिनमा युवालाई रोजगारी दिनु राज्यको दायित्व भएको बताउँदै यसलाई तिन वटै तहको सरकारले युवा उद्यमशीलता र रोजगारीको बारेमा बजेट छुट्याएको बताउँदै मुलुकभित्र थप रोजगारी सिर्जना गरी नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउनुपर्ने बताए ।

कार्यक्रममा कर्पोरेट अनर अवार्ड – २०२२ अन्तर्गत लेजेण्ड्रि अवार्डद्वारा पाइलट क्याप्टेन विजय लामा, प्रा.डा. रामनन्दन प्रसाद चौधरी, गायक÷संगीतकार लोचन – रिजाल, ईन्जिनियर गोविन्द देव अधिकारी, अधिवक्ता पेसल कुमार लुइटेल र व्यवसायी तथा समाजसेवी बिना थापा सम्मानित भएका थिए ।

यसैगरी, कार्यक्रममा ख्वप अस्पताल, युवा व्यवसायी रजिस महर्जन, उत्पल्ला क्याफे तथा मेडीटेशन सेन्टर, बौद्धका दीपक बोहोरा, चलचित्र अभिनेता श्रीदेव भट्टराई – सामाजिक व्यक्तित्व÷व्यवसायी लक्ष्मी श्रेष्ठ, सौन्दर्यकला, व्यवसायी एवंम समाजसेवी देवकी श्रेष्ठ, वरिष्ठ हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’,मन्जुश्री असहाय संरक्षण केन्द्रकी संस्थापक अध्यक्ष मन्जु खाँड,सामाजिक अभियन्ता एवंम संचारकर्मी राजन थापा, युवा व्यवसायी राज गोपाल, गोदावरी सरोकारी अध्यक्ष बेबी राजभण्डारी, युवा व्यवसायी श्रीराम कार्की, सौन्दर्यकला, व्यवसायी एवंम सामाजिक व्यक्तित्व कमला अधिकारी,रेस्टुरेन्ट व्यवसायी मोहन श्रेष्ठ.इभेन्ट्स अर्गनाईजर लोक चंन्द्र श्रेष्ठ, फेसन डिजाइनर एवंम बुटिक व्यवसायी राजदेव जैसवार, लक्की टेलर्स, बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयाल र लोक गायक दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

साथै, उनीहरुको व्यवसायका साथै सामाजिक कामले राज्यको अर्थतन्त्रमा प्रभाव भएकाले उनीहरुलाई हौसला स्वरुप अनर प्रदान गरिएको द लाईफ स्टाईल एवंम कलिउड हबका अध्यक्ष राजन खरेलले जानकारी दिए । अहिले हजारौं युवाहरु दिनानुदिन विदेश पलायन भईरहेकाले आगामी दिनमा उनीहरुका कार्यले प्रेरित भई युवा पुस्ताले नेपालमा नै केही गर्न सकोस भन्ने उद्धेश्यले उनीहरुलाई सम्मान गरिएको अध्यक्ष खरेलले बताए ।

कार्यक्रमामा प्रमुख अतिथि, विशेष अतिथि, मिडियाकर्मी, सहयोगी संघसंस्थालाई मायाको चिनो समेत प्रदान गरिएको थियो । यसैगरी, कार्यक्रममा भक्त्तपुर नगरपालिकाका प्रतिनिधि, वडा नम्बर २ का वडा अध्यक्ष, ख्वप अस्पतालका प्रतिनिधि, वरिष्ठ संचारकर्मी भरत बम्जन, वरिष्ठ चलचित्र निर्देशक माधव राज खरेल, विभिन्न व्यवसायीक क्षेत्रका व्यक्तित्वहरु, संचारकर्मी सुर्य चन्द, मायालु लामा, धर्मेन्द्र शाही, शैलेश नेपाली, सानुकाजी थापा, अमित भट्ट, डा.कमल हमाल, लोकेन्द्र बहादुर शाही लगायतको उपस्थिति रहेको थियो । वरिष्ठ समाजसेवी राजु कार्कीको संयोजन भएको कार्यक्रममा व्यवसायी अर्जुन खरेलको व्यवस्थापन रहेको थियो ।