रामेछाप । माधव ढुङ्गेलको संघीय निर्वाचनका लागि रामेछापबाट सिफारिस हुनु भएको छ ।
जिल्ला कमिटीको बैठकले संघीय निर्वाचनका लागि एमाले केन्द्रिय सदस्य युवा नेता माधवप्रसाद ढुङ्गेलको नाम सिफारिस गरेको छ। ढुङ्गेल बैचारिक एवम भिजनरी नेता हुन ।
उनी WORLD YOUTH PRIZE-2018 बाट सम्मानित पनि भैसकेका छन भने Ph.D Scholar पनि हुन।
बैठकले एमाले केन्द्रीय सदस्य एवं अनेरास्ववियु इन्चार्ज समेत रहेका माधव प्रसाद ढुङ्गेल सहित पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेल, बागमती प्रदेश कमिटीका सदस्य रत्नप्रसाद गौतम, कमलप्रसाद चौलागाईँ र केशरबहादुर बुढाथोकीको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ सिफारिस गरेको हो ।
बैठकले प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ एमाले केन्द्रीय सदस्य गीता कार्की, नाम्गेल शेर्पा, धनमाया सार्की र यसिमा महतको नाम सिफारिस गरेको छ । बैठकले प्रदेश सभा क निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ शान्तिप्रसाद पौडेल, अर्जुनकुमार कार्की, उद्धव प्रसाद कडरिया, पर्शुराम बस्नेत, अनिल कार्की, कुमार कार्की, बुद्धिबहादुर कार्की र केशर पौडेलको नाम सिफारिस गर्दा समानुपातिक तर्फ २ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी प्रदेश सभा ख निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा प्रेमबहादुर तामाङ भुवन विक्रम घिमिरे, इन्द्रबहादुर तामाङ, मिलन घिसिङ र रविन्स लामाको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ १० जनाको नाम सिफारिस गरेको छ ।
रामेछापमा एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि आगामी मङ्सिर ४ गते निर्वाचन हुनेछ ।

