सोमबार, बैशाख ०७, २०८३

पशुपति काेटीहाेमकाे आम्दानी र खर्चको विवरण सार्वजनिक

काठमाडौं । ऐतिहासिक श्री पशुपति कोटिहोम नेपाल माहात्म्य एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१ को सम्पूर्ण आय/ व्यय विवरण सार्वजनिक गरिएकाे छ ।

पशुपतिनाथ मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोमकाे आय/व्यय विवरण आयोजक मानव सेवा फाउन्डेसन र महायज्ञ सङ्कल्पकर्ता बाल याेगेश्वर बिजयमुर्ति महाराज (विजय भण्डारी)ले सार्वजनिक गर्नुभएकाे थियाे ।  कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ बराबर नगद र दान संकलन भएको वहाँले बताउनुभयाे।

यस्तै, कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ खर्च भएको दाबी गरिएको छ । आम्दानी भन्दा खर्च बढी भएकाले ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको आयाेजककाे दाबी छ ।

यस्ताे छ एक महिना चलेकाे काेटीहाेमकाे आमदानी र खर्चकाे विवरण

खर्चहरु : 

पशुपति विकास कोष र अन्यलाई भाडाः ५८ लाख १३ हजार

खाद्यान्नः ९३ लाख ९५ हजार

टेन्टः ९७ लाख ५० हजार

साउन्ड सिस्टमः २१ लाख

स्टेसनरी सामानः ७ लाख ४८ हजा

सम्मानका सामग्रीः १ करोड ९२ लाख ५७ हजार

गुरु तथा अन्य आगन्तुकलाई बासस्थानः १ करोड २६ लाख ५७५

पकाउने भाँडाः ४ लाख

ग्याँसः ९ लाख ४७ हजार

सवारी साधनको इन्धनः ३१ लाख ७३ हजार

पुजा सामग्रीः ४२ लाख ४० हजार

मिडियाः १ करोड ८ लाख ८७ हजार

कलशः ७२ लाख ३२ हजार

ड्रेसः २५ लाख ८९ हजार

ईंट्टा खटः १२ लाख ५३ हजार

विद्युतीय सामानः ५६ लाख ३४ हजार

बाजाः १४ लाख २८ हजार

सजावटः ३९ लाख ९० हजार

मिठाइः २२ लाख ९२ हजार

भजनः १३ लाख ७५ हजार

गुरु, कथावाचकः १ करोड ८० लाख

गुरु वरणीः १३ लाख ५५ हजार

हवाइजहाज टिकटः ७ लाख ५० हजार

कस्मेटिकः ३ लाख ३६ हजार

कार्यक्रम सञ्चालकः ६४ लाख

सवारी साधनः ५९ लाख १२ हजार

हार्डवेयरः ६२ लाख

भोलेन्टियरः २७ लाख ६४ हजार

भान्सेः २१ लाख ८३ हजार

किताब तथा प्रकाशनः २ लाख ९१ हजार

स्वयंसेवकलाई तलबः ४ करोड २६ लाख ५३ हजार

स्वास्थोपचारः ९५ हजार

र्‍यालीः १९ लाख ४ हजार

कल डेस्कः १ लाख ३९ हजार

कुलः २० करोड ८८ लाख ३२ हजार ८९४