जापान । टोकियोको शिबुयामा शनिबार राति एक महिला र उनकी छोरीलाई अन्धाधुन्दा रूपमा छुरा प्रहार गरी गम्भीर घाइते बनाउने १५ वर्षीया केटीले मृत्युदण्ड पाउन घटना घटाएको बताएकी छिन् ।
बालिकालाई हत्या प्रयासको आशंकामा घटनास्थलबाटै पक्राउ गरिएको थियो । ५३ वर्षीया आमा र उनकी १९ वर्षीया छोरीलाई पछाडिबाट छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको ढाड, पेट, काँध र पाखुरामा पटक–पटक छुरा प्रहार गरिएको र घाउ निको हुन ३ महिना लाग्ने उनीहरुको भनाइ छ ।
महिला आक्रमणकारी टोकियोको उत्तरमा रहेको साइतामा प्रिफेक्चरकी हुन् । उनले सडकमा अपरिचित रूपमा भेटेका दुई व्यक्तिलाई आक्रमण गरेकी थिइन् ।
उनले प्रयोग गरेको एउटा चक्कु बाहेक अरु दुई वटा चक्कु बरामद गरेको प्रहरीले जनाएको छ ।

