मङ्गलबार, असोज ०९, २०८०

नेपाली व्यवसायी संघ जापानको नागोया क्षेत्रमा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

नागोया । नेपाली व्यवसायी संघ (एनबीए) जापानको
नागोयामा क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

जुलाई १२ तारिख मंगलबार नागोयामा एनबीए) जापानको
नागोयामा क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न भएको हो ।
उक्त प्रथम अधिवेशनले एनबीए जापानको नागोया क्षेत्रीय समिति नर बहादुर थापाको नेतृत्वमा गठन गरेको छ ।
नेपाली ब्यबसायी संघ जापान नागोयाको प्रथम अधिबेशनबाट अध्यक्षमा नर बहादुर थापा सहित उपाध्यक्षमा अर्जुन केसी, गंगा घर्तिमगर, सिता कोईराला चयन हुनु भएको छ ।
सचिवमा सन्देश पोखरेल, सह-सचिवमा मनोज केसी, कोषाध्यक्षमा युवराज गौतम सह कोषाध्यक्षमा बिन्दु शर्मा सर्वसहमत निर्वाचित हुनु भएको संघका आजीवन सदस्य महेश खड्काले जानकारी दिनुभयो ।
संघको नागोया क्षेत्रको कार्यसमितिको सदस्यहरुमा योमन देवान, दिनेश गौतम, विष्णु गिरी, प्रविन अधिकारी, साईमान बिक, निरज थापा, गोविन्द रिजाल, मित्र सिग्देल, विष्णुश्री थापा, श्याम सितल, राम खरेल, राजकुमार अधिकारी, प्रेम राई, धन खत्री, भेषनाथ गौतम चयन हुनु भएको छ ।

कार्यक्रममा निर्वाचित समितिलाई नेपाली व्यवशायी संघका केन्द्रिय कार्यसमिति सदस्य विष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, मोना जापानबाट राम खड्का, गल्कोट समाज जापानका संरक्षक मोहन खत्री ,जनप्रगतिशिल मञ्चका अध्यक्ष भवानी पन्त, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, एनआरएनए जापानका सचिव श्याम शितल , उपाध्यक्ष राजकुमार अधिकारी , एनआरएनए एशिया प्यासिफिक उपाध्यक्ष एवं नेपाल जापान संघका वरिष्ठ उपाध्यक्ष ददिबल खड्का, संघका अध्यक्ष बिजय थकाली, नेपाल पत्रकार महासंघ जापान साखाका सल्लाहकार कविकिरण न्योपाने, एनआरएनए आईसिसि सदस्य दिपक कार्की, एनआरएनएका उपाध्यक्ष गोबिन्द्र श्रेष्ठ लगाएतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए। नेपाली व्यवशायी संघले चाडैं ओसाका र फुकोओकामा पनि संगठन विस्तार गर्ने बताईएको छ ।
https://www.facebook.com/730638033717866/posts/pfbid0HLvV72dcEZbpBk3EkJ4WUc9EuHjCRSbYJKEAjFuGbD5rX19315vTVfqLVAYvBe2Hl/?d=n