सोमबार, बैशाख ०७, २०८३

जापान क्युश्युमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न

जापान । गैरआवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिले नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए जापान क्युश्यु क्षेत्रीय कार्यसमितिका संयोजक अर्जुन थापाको सभाअध्यक्षता, एनआरएनए आइसीसी सह(कोषाध्यक्ष टंक गैरेको प्रमुख आतिथ्यता,हाम्रो नेपाली हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारीको विशेष आतिथ्यता,नेपाली वाणिज्य दुताबास फुकुओका सचिव दिपक देवकोटा ,एनआरएनए जापान उपाध्यक्ष राम कृष्ण श्रेष्ठ जापान सरकारी निकायका फुकुओका इन्टरनेशल एक्सचेन्ज फाउन्डेसनका वाङ सेइको सान र नागाता नाओ सान,फुकुओका सिटी इन्टरनेशल फाउन्डेसनका मीउरा सान फुकुओका हाकता प्रहरी फुकुसिमा सान र नागाओं सान,एनआरएन जापानका सचिव देवराज उप्रेती ,आइसीसी सदस्य एन आर एनए लक्ष्मण बानियाँ,गैर आवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिका पृर्व संयोजक किरण बर्मा,फुकुओका नेपाल सोसाइटीका अध्यक्ष माधव सिग्देल,एनआरएनए जापानका सल्लाहकार सन्तोष थापा,जापानीज एन पि ओ यू मेक इट का केन्जी सान ,नेपाली भाषा बोल्ने नेपाली लाई माया गर्ने जापानीज मियाजाकी सान सेवि क्युसूका ओगाता सानलगाएत जापानमा क्रियाशील समाजिक संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले नव आगन्तुक विद्यार्थी भाई बहिनीहरुलाई स्वागत तथा यहाँहरुको उज्ज्वल भविष्यको शुभकामना समेत दिएका छन् ।सहयोग गर्न तत्पर रहेको कुरा अवगत गर्दछौं।

नेपाली विद्यार्थीहरु जापानको क्युश्यु क्षेत्रमा आएका विद्यार्थीलाई पार्ट टाइम जागिरको समस्या लाई समाधान गर्ने विभिन्न निकायहरु संग पहल,सहकार्य गर्दै आएको र सहयोग पनि गरेको समेत बताए । जापानमा आइसके पछि आइ पर्ने विभीन्न समस्यासँग जुध्दै कसरी अगाडी बढ्ने भन्ने कुराहरुको बारेमा चेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। पार्टटाइम जब खोजि गर्न सहयोग गर्ने उदेश्यले आयोजना गरीएको गैर आवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिका उप-संयोजक विवेक बुढाथोकिले बताए ।
उक्त कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिका सचिव कृष्ण हरि पाठकले गरेका थिए ।