मङ्गलबार, असार ०९, २०८३

टोक्योमा हुने नेपाल फेष्टिवलमा आफ्नो प्रतिभा देखाउनेले जुलाई १० सम्म नाम टिपाउन अपिल

जापान । टोक्योको नाकानोमा हुने १२औं नेपाल फेष्टिवलमा आफ्नो प्रतिभा देखाउनेले जुलाई १० सम्म नाम टिपाउन अपिल गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले एक सूचना प्रकाशित गरि नेपाल चिनाउने झाँकी, ब्यक्तिको प्रतिभा र सांस्कृतिक प्रस्तुत गर्नेले अग्रिम नाम टिपाउन अनुरोध गरेको छ ।

एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले एक सूचना प्रकाशित गरि नेपालको पहिचान हाम्रो कला, संस्कृति, भेषभुषा, परिकार लगायत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रीय बजारीकरण एवं पर्यटन प्रवर्द्धन सबल गर्ने मुल उद्देश्यका साथ २०२२ जुलाई ३० र ३१ तारिख एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरी पार्कमा “नेपाल फेस्टिवल” को आयोजना हुने महामेलालाई सफल पार्न  एनआरएनए जापान परिवार सकारात्मक सहयोगको अपेक्षा गरेको समेत उल्लेख गरेको छ ।
नेपाल फेस्टिवलमा हुने बिभिन्न कला, संस्कृति, जात-जातिका भेषभुषा र मनोरंजनात्मक कार्यक्रम एवं अन्य प्रतिभाहरूको पनि प्रदर्शन गरिने भएको हुदा यस सम्बन्धित प्रतिभाको धनि हुनुहुन्छ भने २०२२ जुलाई १० तारिख सम्म एनआरएनए जापानका वा क्षेत्रका कुनै प्रतिनिधिहरू सँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरेको छ ।

यस्तो छ अपिल