टोकियो । गुल्मेली समाज जापानले तीज महोत्सवको आयोजना गर्ने भएको छ ।
गुल्मेली समाज जापानले तिजको अवसर पारेर समाजका महिला उपाध्यक्ष लक्ष्मी केसी महर्जनको संमयोजकत्वमा टोकियोमा भव्य तिज महोत्सव गर्ने भएको छ ।
गुल्मेली समाज जापानको टोकियोमा सम्पन्न बैठकले भव्य तिज महोत्सव गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्तरका कलाकार र जापानमा रहेका कलाकार सहित नाकानो जिरो हलमा अगष्ट २९ गते सोमवार तिज महोत्सव कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी गराए । साथै गुल्मेली समाज जापानले कान्तो क्षेत्रीय कमिटि पनि गठन गर्ने निर्णय गरिएको छ । कान्तो क्षेत्रका गुल्मेलीलाई जोड्न सकिने सोचले कान्तो कमिटि गठन गर्न लागेको हो । सो कार्यक्रम जुलाई २४ तारिक गरिने भएको छ ।
कान्तो कमिटि गठन कार्यक्रमको अवसर पारेर जापानमा रहेका गुल्मी जिल्लाका अग्रज तथा बुद्दिजिवीहरु र जापानको उच्च तहमा कार्यरत गुल्मेलीलाई पनि सम्मान गरिने भएको छ ।

