जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता नविकरण संगै नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । शाखाका सचिव शान्त पहरीले दिएको जानकारी अनुसार आज देखी जुलाईको ११ तारिख सम्म आबेदन खुल्ला गरिएको हो । समयाबधि थप नगर्ने गरी ११ तारिख सम्मका लागि सदस्यता नविकरणसहित नयाँ सदस्यहरुका लागि पनि आवेदन खुल्ला गरिएको हो ।
नविकरण तथा नयाँ आबेदन दिनेहरुले सदस्यता शुल्क आफ्नै बैँक अकाउन्ट बाट डिपोजिट् गर्नु पर्ने व्यवस्था गरिएको छ । अरुको अकाउन्ट नम्बर बाट डिपोजिट् भएको शुल्कलाई मान्यता नदिने कोषाध्यक्ष आनन्द कोइराले जानाकरी दिए ।
सदस्यता नबिकरणका लागि आबेदन फारम र सम्बन्धित संचार सस्थाको परिचय पत्र अनिवार्य गरिएको छ भने नयाँ सदस्यताका लागि नियुक्ती पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभव खुल्ने सिफारिस पत्र, नागरिकताको फोटो कपी र अघिल्लो बर्ष प्रकाशित प्रकाशित समाचारको प्रतिलिपीको आबश्यक पर्ने महासंघ जापान शाखाले जनाएको छ ।
सदस्यताका लागि परेका अबेदन र त्यस उपर अध्ययन गर्न शाखा सदस्य राजन गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा शाखा सदस्यद्वय दीपक गौतम र विश्वाश आचार्य रहेका छन ।
‘प्राप्त आवेदनहरु महासंघको बिधान सम्मत छन कि छैनन भनेर अध्ययन गरी कार्यसिमितिलाई सुझाब दिने हाम्रो काम हो’ सम्योजक राजन गौतमले भने ’बिधान सँग बाझिने वा बिधानको मर्म बिपरितका आबेदनलाई प्रकृयामा सामेल गराइने छैन ।’
पत्रकार महासंघको जापान शाखाले आगामी नोबेम्बर ६ तारिख अधिबेशनको मिति तय गरेको छ ।

