मङ्गलबार, बैशाख ०८, २०८३

नवलपरासी समाज जापानको दोस्रो अधिबेशन तथा सामुहिक बनभोज कार्यक्रम गर्ने

दुर्गाप्रसाद आचार्य, जापान । नवलपरासी समाज जापानको आयोजनामा टोकियो मिनातोगाओका फुतो पार्क मा बार्बिक्यु गर्ने भएकोछ । विश्व महामारी कोभिडले गर्दा लामो समयदेखी सामूहिक भेटघाट नभएको र नेपाली भाईचारालाई अझ प्रगाढ बनाउन उदेस्य ले बार्बिक्यु कार्यक्रम यही जुलाई १३ तारिक टोकियोमा रहेको मिनातोगाओका फुतो पार्कमा दोस्रो बार्बिक्यु कार्यक्रम गर्न लागेको दोस्रो बार्बिक्यु कार्यक्रमका सम्योजक हरी सापकोटा ले बताउनु भयो ।

नवलपरासी समाज जापानका सचिब ॠषि पौडेल ले दिएको जानकारी अनुसार बार्बिक्यु कार्यक्रम सँगै नवलपरासी समाज जापानको विश्व महामारी कोभिड को कारणले हुन नसकेको अधिबेशन पनि सोही दिने एकै साथ सम्पन्न गरिने बताउनु भयो ।

नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कंडेलले जापान रहनु भएका जिल्ला बासी सँगै जापानमा रहनु भएका नेपाली हरु लाई पनि बार्बिक्यु कार्यक्रम तथा दोस्रो अधिबेशन मा उपस्थित भैई दिनु हुन अनुरोध गर्नु भएकोछ ।