जापान । नेपाली ब्यबसायी संघ जापानको दोश्रो अधिबेशन लक्षित कार्यक्रम अन्तरगत नागोयामा भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लामो कोरोना संक्रमण पछि नेपाली व्यवसायीहरूको वर्तमान अवस्था, भावी चुनौती तथा क्षेत्रीय कमिटि गठन प्रक्रिया लगायतकोमा कार्यक्रम केन्द्रीय रहेको थियो ।
कार्यक्रममा उपस्थित ब्यबसायीहरूले कोरोना संक्रमण समयावधिमा देखा परेका नकारात्मक सकारात्मक पक्षहरूबारे आ-आफ्नो विचार राखेका थिए। जापान सरकारले व्यवसायीहरूलाई प्रदान गरेको अनुदान सहुलियतपूर्ण रृण लगायतका कुराहरूलाई अब हेलचक्राई गरेर समस्या निम्ताउनु भन्दा नियमसंगत जिम्मेवारीका साथ सहज र सजग हुनुपर्ने समय आएको अधिकांशहरूको निष्कर्ष रहेको थियो ।
समस्या आउन नदिन र आईहालेमा समस्या समाधानका लागि जापानमा रहेका नेपाली व्यवसायीहरूलाई जुनसुकै समयमा पनि साथ र सहयोग गर्ने एनबिए जापानले जानकारी गरायो । नागोया स्थित दियालोको हलमा संघका अध्यक्ष बिजेश थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागोयामा रहेर लामो समयदेखी ब्यबसाय गरीराख्नु भएका पुराना देखी भरखर ब्यबसाय शुरु गरेका ब्यबसायी समेतको बाक्लो उपस्थिति थियो । उक्त कार्यक्रममा ब्यबसायीहरू गोबिन्द श्रेस्ठ , भवानी पन्त , यम खत्री , पारसमणि पोखरेल , दीपक कार्कि ,डिलाराम खरेल , टंक गैरे , आत्माराम गैरे लगायतले आफ्नो धारणा तथा सुझाब सल्लाह राख्नु भएको थियो ।
बक्ताहरूले छोटो तयारी र सुचनाका आधारमा तय गरीएको कार्यक्रम भए पनी नागोयामा रहेका ब्यबसायीहरूको बाक्लो उपस्थित रहेको थियो ।उक्त कार्यक्रम NBA जापानका अध्यक्ष बिजेश थकाली ,बरिस्ठ उपाध्यक्ष दधिवल खड़का , उपाध्यक्ष संजीब पोख्रेल , कोषाध्यक्ष नर बहादुर थापा , सचिब बाबुराम पौडेल लगायतले कार्यसमितिको तर्फबाट मन्तब्य राख्दै नागोया क्षेत्रमा रहेर ब्यबसाय गरीराख्नु भएका ब्यबसायीहरूको संस्था प्रतिको चासो , सुझाब सल्लाह तथा खबरदारीले जापानमा रहेको सबैखाले ब्यबसायीहरूको छाता संस्थाको रुपमा बिस्तार गर्दै उदेश्य उन्मुख काम गर्न थप प्रेरणा, ऊर्जा र मार्ग निर्देश गर्ने भन्दै सहकार्यको लागी आब्हान गरेका थीए ।
उक्त भेटघाटले हाललाई नर बहादुर थापा संयोजक र अर्जुन केसी सह-संयोजक रहने र नागोयाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने साथीहरूको सहकार्यमा क्षेत्रिय समिति बिस्तार गर्ने जिम्मेवारी दिएको संस्थाका सचिब बाबुराम पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम बिजेश थकालीको अध्यक्षता र बाबुराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।


