जापान । नेपाल पत्रकार महासंघ जापानको शाखाको पाँचौ अधिवेशन आगामी नोभेम्बर ६ तारिख गर्ने निर्णय गरेको छ । आईतबार टोकियोमा बसेको बैठकले आगामी नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय भएके हो ।
अधिवेशन अघि सदस्यता नविकरण सम्बन्धी समस्या समाधान गर्ने गरी ३ सदस्यिय उप-समिति गठन गरिएको छ । कार्य सिमिति सदस्य राजन गौतमको संयोजकत्वमा गठन समितिमा कार्यसमिति सदस्यद्वय विश्वास आचार्य र दीपक गौतम रहेका छन ।
महासंघमा सदस्य नविकरण बाँकी रहेका सम्बन्धी काम एक हप्ता भित्र सक्ने र त्यसपछि नविकरण र नयाँ सदस्यका लागि आवेदन खुल्ला गरिनेछ । नेपाल पत्रकार महासंघ जापान शाखाको ५औं अधिवेशन २०२२ नोभेम्बर ६ तारिख गर्न जुलाई ११ तारिख ५ बजेसम्म नयाँ सदस्य र नवीकरणको लागि डकुमेण्ट बुझाउनु पर्ने बैठकले निर्णय गरेको छ ।

