सोमबार, बैशाख ०७, २०८३

नागोयामा नयाँ बिद्यार्थीलाई लक्षित गरी पार्टटाईम जब सम्बन्धी बाइतो सेचुमेई कार्यक्रम हुने

निशान राना, नागोया । नयाँ बिद्यार्थीलाई लक्षित गरी पार्टटाईम जब सम्बन्धी बाइतो सेचुमेई कार्यक्रम हुने भएको छ ।

जापानको नागोयामा गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोया र नेपाली बिद्यार्थी समाज जापानको संयुक्त आयोजनामा महिनाको १२ तारिक आईतबार नेपाली बिद्यार्थीहरुमा देखिएको कामको समस्यालाई मध्य नजर गर्दै
आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) तथा जापान बसाईमा गर्नुपर्ने आधारभुत प्रकृयाहरुको बिषयमा बिशेष जानकारी मुलक कार्यक्रम गर्ने भएको छ ।

सन् २०२२ यता जापान सरकारले बिदेशी बिद्यार्थीलाई जापान प्रबेशमा खुकुलो गरे संगै कोरोनाको कारण लामो समय देखी जापानको पर्खाइमा रहेका नयाँ नेपाली बिद्यार्थीहरु को पनि जापान आउने संख्यामा बृद्दी भएको छ । एकै चोटि धेरै बिद्यार्थी जापान प्रबेश गर्दा बिबिध समस्याहरु देखिएको हो ।
उक्त समस्यालाइ मध्यनजर गर्दै विभिन्न काम लगाउने कम्पनी (हाकेन खाइस्या)का आधिकारीक ब्यक्तीहरुको उपस्थितिमा गर्न लागिएको आयोजकले जानकारी दिए ।

यो विशेष समयलाइ अवसरको रुपमा लिदै नव प्रबेशि बिद्यार्थी तथा सम्पुर्णमा उपस्थितिको निम्ती अनुरोध गरेका छन् ।