बिहिबार, असार ०४, २०८३

उत्तर कोरियालाई सहयोग गरेको भन्दै बिटक्वाइन क्मपनी ‘मिक्सर’ माथि अमेरिकी प्रतिबन्धको घोषणा

अमेरिकाले हतियार कार्यक्रमलाई सहयोग गर्न उत्तर कोरियाली साइबर ह्याकिङ समूहले सेवा प्रयोग गरेको भन्दै शुक्रबार एक ‘भर्चुअल करेन्सी’ ‘ब्लेन्डर डट आइओ’ विरूद्ध प्रतिबन्धको घोषणा गरेको अमेरिकी अर्थ विभागले बताएको छ ।

अमेरिकी अधिकारीहरूले भनेका छन्, “आभासी मुद्रा ‘मिक्सर’ मा अमेरिकी प्रतिबन्ध पहिलो हो र यसले विट क्वाइन र क्रिप्टोकरेन्सीजस्ता भर्चुअल मुद्रामा लेनदेन तथा सहभागीहरू लुकाउन प्रयोग गरिन्छ ।”

अधिकारीहरूले उत्तर कोरियाद्वारा पृष्ट पोषण गर्दै आएको साइबर ह्याकिङ समूह लाजरस ग्रुपले अनलाइन खेल ‘अक्सी इन्फिनिटी’ बाट ६२ करोड अमेरिकी डलर चोरेको बताएका छन् । यसले अवैध कोषको दुई करोड ५० लाख गैरकानूनी कोषलाई वैध बनाउन २०।५ मिलियन अमेरिकी डलरभन्दा बढी पयोग गरेको आरोप लागेको छ ।

ब्लेन्डरलाई डेमोक्रेटिक पिपुल्ुस रिपब्लिक अफ कोरिया ९उत्तर कोरिया० द्वेषपूर्ण साइबर गतिविधि र चोरी भएको भर्चुअल मुद्रालाई शुद्धिकरण गर्न सहयोग गरेको आरोप अमेरिकी ट्रिजरी विभागले लगाएको छ ।

विभागले भनेको छ, “अमेरिका र संयुक्त राष्ट्रसंघद्वारा लगाएका कडा आर्थिक प्रतिबन्धपछि आर्थिक समस्यामा रहेको उत्तर कोरियाले आम विनाश र क्षेप्यास्त्र कार्यक्रमको गैरकानुनी हतियार निर्माणको लागि रकम जोहो गर्न क्रिप्टोकरेन्सी एक्सचेन्ज र वित्तीय संस्थाहरूबाट साइबर सेवाको दुरूपयोगलगायतका अवैध गतिविधिहरूको सहारा लिएको छ ।”

यसको उद्देश्य गोपनीयता बढाउनु भए तापनि ब्लेन्डरजस्ता अवैध संस्थाहरूले यसको प्रयोग गर्नेगरेका विभागले बताएको छ । ब्लेन्डरलाई पाँच करोड अमेरिकी डलरभन्दा बढी मूल्यको बिटकोइन स्थानान्तरण गर्न प्रयोग गरिएको अमेरिकाले बताएको छ । ब्लेन्डरले उत्तर कोरियालाई सहयोग गर्नुको अलावा यस सेवाले रूसी–लिङ्क भएका कुख्यात साइबर समूहहरूलाई पनि समर्थन गरेको दावी अमेरिकी अधिकारीले गरेका छन् ।