बिहिबार, असार ०४, २०८३

सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रहलाई म्यानमारको अदालतद्वारा खारेज

म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायँबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ ।

गत हप्ता सुनाइएको भ्रष्टाचारको आरोपमा पाँच वर्षको सजायको विरुद्धमा सैनिक बलमा पदच्युत गरिएकी नेत्री आङ सान सुकीले अपिल गर्नुभएको थियो ।

उक्त फैसलाको विरुद्ध सुकीको कानुनी टोलीले दायर गरेको अपिलमा नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई नगद र सुनको घूस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उहाँलाई पाँच बर्षको जेल सजायँ सुनाएको थियो ।

उक्त ७६ वर्षीया नेत्रीलाई सैनिकविरुद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै छ वर्षको जेल सजाय सुनाइसकिएको छ । उहाँले कोभिड–१९ नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको अदालतले ठहर गरेको हो ।

यो अवधिमा उहाँ राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहनुहुने पनि बताइएको छ ।

उहाँलाई अन्य थुप्रै मुद्दा लगाइएको छ जसमा राज्यको गोपनियता भङ्ग गरेको, विभिन्न बिषयमा भ्रष्टाचार गरेको र चुनावी ठगीका थुप्रै अभियोगहरू उल्लंघन गरेको आरोप लगाइएको छ । यदि उहाँमाथि लगाइएका सबै अभियोगमा दोषी ठहरिएमा उहाँलाई १०० वर्षभन्दा बढी जेल सजाय हुनेछ ।

पत्रकारहरुलाई अदालतको सुनुवाईमा उपस्थित हुन रोक लगाइएको थियो भने अहिले पनि सुकीका वकिलहरुलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ ।

म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपहरूमा कम्तीमा एक हजार ८०० भन्दा बढी मानिसहरू मारिएका छन् र १३ हजारभन्दा बढी गिरफ्तार भएका छन् ।