सोमबार, जेठ १८, २०८३

किरात राई यायोक्खा जापानको अध्यक्षमा बिनोद राई चयन

जापान । किरात राई यायोक्खा जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । जापानको टोकियो सिनओकुबोको मुराहलमा आइतबार किरात राई यायोक्खा जापानको ५ औँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले बिनोद राईको एनुहाङ अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

बिनोद राईको अध्यक्षतामा गठित नयाँ कार्यसमितिका क्रमश अन्य पदहरूमा उपाध्यक्षहरूमा दिपेन राई, प्रमिला राई, महासचिवमा सुदन राई र सचिबहरूमास् रजन्ती साम्पागं राई, गगन सिंग राई चयन भएको छ ।
यस्तै कार्यसमितिको कोषाध्यक्षमा कबिता राई, सह-कोषाध्यक्ष बसन पुमा राई, युवा तथा विद्यार्थी संयोजक भविन्द्र राई, विशाल राई साकेला तथा सन्स्कृतिक संयोजकमा चयन भएका छन् ।

साथै सदस्यहरूमा मणिहाङ राई, प्रिन्स राई, सुस्मीता राई, प्रबीण किरात राई, निसान राई, सन्तोष राई, सोम राई, नीलम राईलाई चयन गरेको छ । कार्यसमितिले ६ जनालाई सल्लाहकार चयन गरेको छ ।