मङ्गलबार, असोज ०९, २०८०

जनजाति महासंघ जापान क्षेत्रीय समिति नागोयाको अध्यक्षमा रिना तामाङ चयन

जापान । नेपाल आदिवासी महासंघ जापान क्षेत्रीय समिति नागोयाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । जापानको नागोयास्थित देउराली दोहोरी साँझको हलमा आइतबार सम्पन्न अधिवेशनले रिना तामाङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश पुन, उपाध्यक्षमा बितम लिम्बु र अमर गुरुङ चयन भएका छन् भने महिला उपाध्यक्षमा सावित्री गुरुङ चयन भएकी छिन। सचिवमा हिरा थापा, सह(सचिवमा नरेश राई , कोषाध्यक्षमा याख्खा चयन भएका हुन् ।

त्यसैगरी, अधिवेशनले सदस्यहरुमा संजय लामा तामाङ, लक्ष्मी गुरुङ, सृजना गुरुङ, लाक्पा शेर्पा, हेमबहादुर थापा मगर, माया पुर्जा मगर, किर्दाची शेर्पा, शान्ति तामाङ, केशब शिरिष मगर र बिमला मगरलाई चयन गरेको छ ।

कार्यसमितिले सविन राई, संजय तामाङ ‘मेन्दोला’, कौडा बूढा मगर र विकास राना मगरलाई सल्लाहकारमा चयन गरेका छन्, भने सुमन लिम्बु र गंगा घर्ति मगरलाई संरक्षकको जिम्मेवारी दिएको छ। अध्यक्ष तामाङका अनुसार समितिको बाँकी सदस्य भने पहिलो बैठक अघि नै मनोनित हुनेछन् । प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यमबाट चयन गरेको कार्यसमितिमा सबै एकल जातीय संघसंस्थाहरु र साधारण सदस्यहरुलाई सहभागिता गराइएको थियो ।

उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ प्रवास शाखा जापानका अध्यक्ष सन्जिब चाम्लिङ्ग राई र नेपाल आदिवासी जनजाति महासंघ प्रवास शाखा जापानका निवर्तमान अध्यक्ष सुमन लिम्बुको उपस्थिति थियो ।

साथै उक्त कार्यक्रममा विशेष अथितिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ जापान क्षेत्रीय समिति नागोयाको पुर्व अध्यक्ष कौडा बूढा मगर र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो।