टोकियो । नेपाल मगर संघ जापानको क्षेत्रीय समिति तोकाईका अध्यक्ष जय प्रकाश घर्ति मगरले हाल उपाध्यक्ष रहेका बिवश थापा मगरलाई कार्यवाहक अध्यक्षको जिम्मावारी हस्तान्तरण गर्नुभएको छ ।
लामो समयको जापान बसाईपछी आफु नफर्किने गरी जापान छोडेर स्वदेश फर्कन लागेको हुँदा अध्यक्ष घर्तिले यही मार्च २० तारीख आईतबारको चालु बैठकमा राजीनामा पेश् गर्नुभएको थियो ।
बैठकमा सहभागी संरक्षक, सल्लाहकार तथा कार्यसमितिहरु सबैले उहाँको राजीनामा पत्रलाई अनुमोदन गरी स्विकार गरीदिए पछी उहाँको राजीनामाले
औपचारिक मान्यता पाएको थियो । बैठकले उही दिन उपाध्यक्ष बिवश थापा मगरलाई कार्यवाहक अध्यक्ष चुन्ने निर्णय गरेपछी अध्यक्ष घर्ति मगरले थापालाई कार्यवाहक उपाध्यक्षको जिम्मावारी हस्तान्तरण गर्नुभएको हो। बिवश थापा मगर आगामी अधिवेशन् सम्म नेपाल मगर संघ जापान तोकाई क्षेत्रीय समितिको कार्यवाहक अध्यक्षको रुपमा रहनुहुनेछ ।
जापान आएको केही समय देखिनै मगर संघमा आबद्ध भईआएका जय प्रकाश् घर्ति मगर २०१८ मा तत्कालीन अध्यक्ष विकास राना मगर नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष पदमा रही सक्रिय र प्रशंसायोग्य भुमीका निर्वाह गर्नुभएको थियो । त्यसपछी २०२० मा भएको अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्नुभएका घर्तिले तोकाई क्षेत्रमा संस्थागत रुपमा र व्यक्तिगत रुपमा पनि विभिन्न भईपरी आउँने सामाजिक कार्यहरुमा उल्लेखनीय योग्दान दिँदै आउनुभएको थियो । केन्द्रिय सल्लाहकार लक्ष्मण घर्ति मगरको स्पष्ट धारणा छ (नेपाल मगर संघ जापानको केन्द्रिय समिति सँग पनि सक्रिय रुपमा सम्पर्क र सहकार्य गर्न उहाँ जय प्रकाश घर्ति मगर जी सँधै अब्बल रहनु भयो।
नेपाल मगर संघ जापानका केन्द्रिय अध्यक्ष ओम काउचा मगर भन्नु हुन्छ ( कुनै पनि पदमा वहाल रहेको व्यक्ति बिभिन्न कारणबस् कार्यकाल नसकिँदै देश फर्कनु परेमा औपचारिक रुपमा प्रक्रिया पुरा गरेर विदा हुनु संघ प्रतिको ईमान्दारीता हो जो विधानमा पनि उल्लेख छ । र त्यो ईमान्दारीता तोकाई क्षेत्रिय समितिका अध्यक्ष जय प्रकाश जी ले पुरा गरेर जाँदै हुनुहुन्छ । यो हामी सबैले पालना गर्नु पर्छ । साथै अघिल्ला कार्यकालका केही पदाधिकारी साथीहरुबाट यो ईमान्दारीता प्रकट नहुँदा केही समय संस्था गुमराहमा गुज्रनु परेको दुखेसो अध्यक्ष ओमले सुनाउँनुहुन्छ ।
आउँदो अप्रिल ९ तारीक तोकाईको नागोयामा विदावादी कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष जय प्रकाश् घर्ति मगर र सँगै जान लागेका अर्का कार्यसमिति सदस्य नकस घर्ति मगर दुबैजनालाई संघका संरक्षक कौडा बुढा मगरको हातबाट सम्मान पत्र प्रदान गरीने बताईएको छ ।