जापान । प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटि ओकिनावाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटि ओकिनावाको प्रथम अधिवेशन आज मार्च २० तारिख सम्पन्न भएको मंचका प्रचार बिभाग प्रमुख प्रकाश ढकालले जानकारी दिए । प्रमुख अतिथि प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्वी एसिया ईन्चार्ज कमरेड भक्त गुरुङले सम्मेलनको उदघाटन गरेका थिए । अधिवेशनलाई जुम मार्फत प्रमुख अतिथि गुरुङ र विशेष अतिथि पूर्वी एसिया कमिटि अध्यक्ष कमरेड सरोज कंडेलले संवोधन गरे।
अधिवेशनमा प्रत्यक्ष उपस्थित भई विशेष अतिथि प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि अध्यक्ष सुरेश केसी ,अतिथिहरु संगठन विभाग प्रमुख कुलचन्द्र खरेल, पूर्वी एसिया कमिटि सदस्य स्वतन्त्र पौडेल, एनआरएनए ओकिनावा अध्यक्ष ज्ञानु भट्ट, नेपाली जनप्रगतिशिल मंच ओकिनावा मंचका सचिव विश्वनाथ यादव ओकिनावाका अग्रज व्यक्तित्व प्रितम पुन गर्बुजा लगाएत विभिन्न संघ सस्थाका प्रतिनीधिहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रम आयोजक कमिटि संयोजक मिलन खत्री र संचालन नविन बस्नेत र स्वागत राजकुमार जोसीले गरेका थिए।
अधिवेशनले २५ सदस्सिय कमिटि निर्माण गरेको छ । जसमा १९ सदस्य हलबाट र ६ जना कमिटिको पहिलो बैठकले मनोनित गर्ने छ । अधिवेशनबाट निर्वाचित कमिटि निम्नानुसार छ ।
१ . मिलन खत्री ( अध्यक्ष
२. सुभास थापा ( उपाध्यक्ष
३. राजकुमार जोशी (सचिब
४. दिपेश पौडेल ( उपसचिब
५. नबिन बस्नेत ( उपसचिब
सदस्य हरु क्रमशः
६. प्रकाश गुरुङ
७. बसन्त भण्डारी
८. अनिश चौधरी
९. शुशिल अधिकारी
१०. मिलन अधिकारी
११. रुजन पोखरेल
१२. महेश खरेल
१३. शर्मिला ज्ञवाली
१४. अस्मिता गिरी
१५. भीम डिसी
१६. बिनोद श्रेष्ठ
१७. उमेश रायमाझी
१८. बिनिसा बॅानिया
१९. दिनेश चौधरी

