बिहिबार, असार ०४, २०८३

भक्तपुरको जगातीबाट समृद्ध समाज बहुउदेश्यीय सहकारी सञ्चालनको शुभारम्भ

भक्तपुर । भक्तपुरको जगातीमा समृद्ध समाज बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको छ ।

भोलीको लागि सोँचौ, समृद्ध समाज नै रोजौँ, सबै नेपालीको उज्ज्वल भविश्यको लागि समृद्ध समाज भन्ने सन्देशका साथ सञ्चालनमा आएको सहकारी संस्थाको सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा उहाँले घरघरमै पिच्छे खुलेका सहकारी संस्थाले आफ्ना सदस्यलाई विश्वास दिलाउन सक्नु पर्छ भन्दै कतिपय संस्थाहरु झोलामा बोकेर हिडेको बताउनु भयो । उहाँले ०५८/०५९ तिर धेरै सहकारी संस्थाहरु सञ्चालनमा आएको बताउदै कतिपय सहकारीले बैंक भन्दा राम्रो अफिस खोल्ने र पछि फेरी सहकारी कता हो कतो खोज्नु पर्ने अबस्था आएको चर्चा गर्नु भयो ।
तर अहिले यस नगरपालिकामा क्षेत्रमा सञ्चालनमा आएका सहकारीलाई निगरानी गरिरहेको बताउदै यो सहकारीले समृद्ध समाजको परिकल्पनालाई साकार पार्न सफल हुने विश्वास लिएको बताउनु भयो । वडाध्यक्ष थापाले लामो समय सहकारी क्षेत्रमा काम गर्नेहरुको टिमले सञ्चालन गरेको यो सहकारीले पक्कै पनि राम्रो कारोबार गर्नेछ, जनता प्रति विश्वास दिलाउने छ र बचत तथा ऋणको मात्रै काम नगरेर कृषि पर्यटन उत्पादन तालिम तथा अरु क्षेत्रमा पनि उदेश्य अनुरुप काम गर्नेछ भन्ने विश्वास लिएको बताउनु भयो ।

कार्यक्रमका सभापति डेकिन्द्रकुमार राईले भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक गरि तीन जिल्लालाई कार्य क्षेत्र बनाएर १० करोडको कूल शेयर पूजीँबाट संस्था सुरु गरेको बताउनु भयो । सर्वसुलभ व्याजदरका कर्जा प्रवाह गर्ने, सदस्यहरुलाई सवल, सक्षम र आत्मनिर्भर व्यवसायी बनाउने, निक्षेपमा आकर्षक ब्याज प्रवाह गर्ने, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा आवासीय परियोजना सञ्चालन गर्ने संस्थाको सदस्यहरुको आथिक उन्नती, प्रगतिका साथै परिवार, समाज र राष्ट्र विकासमा टेवा पुर्याउने लक्ष्यका साथ संस्था सञ्चालनमा आएको उहाँले बताउनु भयो ।

संस्थाको व्यबस्थापन चुस्त रहेको, प्रबिधि युक्त रहेको, एसएमएस अर्लट, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, रेमिट्यान्स सर्भिस, निक्षेप योजना, चल्ती बचत, समृद्ध समाज श्रीमान् श्रीमति वचत, समृद्ध समाज अपडाउन बचत, दैनिक अबधी बचत, महिला अबधी बचत, सुनौलौ भविश्य बाल वचत, समृद्ध समाज ज्येष्ठ नागरिक वचत, समृद्ध समाज अबधी बचत, समृद्ध समाज आवधिक वचत, कर्जा तथा सापट योजना सेवा सञ्चालनमा ल्याएको ल्याएको सभापति राईले बताउनु भयो ।

शुभारम्भ कार्यक्रममा अतिथिको रूपमा सुर्यबिनायक नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठ, सहकारी बिग्य उद्दब चौलागाई ,प्राईम बैंक सल्लाघारी शाखा प्रमुख श्याम श्रेष्ठ, सिदार्थ बैंक राम मन्दिर शाखा प्रमुख महेश मानन्धर, रास्ट्रीय सहकारी बैंक सुर्यबिनायक शाखा प्रमुख दिनेश गेलाल ,मुक्तिनाथ बिकास बैंक सुर्यबिनायक शाखा प्रमुख सुनिता त्वाति, गोर्खाज फाईनानान्स सुर्यबिनायक शाखा प्रमुख प्रमिला चौलागाई, ईडेन गार्डेन ईङ्लिस स्कुल फाउन्डर प्रिंसिपल जय प्रकास राई, समृद्ध समाजका अध्यक्ष रविन राई, हिमाल वचत तथा रिन सहकारीका अध्यक्ष ईश्वर किरात, सल्लाहकार बिज्ञान राई, ज्योति विकास सहकारीका अध्यक्ष यादव राई, निक भुजिकिक हाउजिङ प्रा.लिका अध्यक्ष पूर्णबहादुर लिम्बु, नागरिक बिकासका अध्यक्ष नूनम सुब्बा, जयभवानी सहकारीका उपाध्यक्ष सुनम सुब्बा, गणेश काष्ट उद्योगका सञ्चालक इन्द्रबहादुर प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।