बिहिबार, असार ०४, २०८३

रुसद्वारा युक्रेनका दुई सहरमा युद्धविराम घोषणा

युक्रेनसँगको लडाइँको दसौँ दिन रुसले दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।

रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ । रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्कोको समयानुसार १० बजेदेखि हमला रोक्ने जनाएको छ ।

दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो । मरिपोल र भोल्नोखोभामा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी छ ।