जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको विबाद समाधानको लागि भवन भट्टको संयोजनमा समिति गठन गरेको छ ।
फेब्रअरी २६ तारिख शनिवार जापानको शिजूओकामा भएको भेलाले करिब ७ महिना अघिबाटको विबादलाई निकास दिन एनआरएनए आईसीसीका पूर्व अध्यक्ष भवन भट्टको संयोजनमा ६ सदस्यीय समाधान समिति गठन गरेको हो ।
गत जुलाई ३० तारिख सम्पन्न निर्वाचनमा धाँधली भएको भनि निर्वाचनमा पराजीत भएका समुहले छुट्टै सामन्तर गतिबिधी गर्दै आएका थीए । भेलामा एनआरएनए जापानका पूर्व अध्यक्षहरू , जापानबाट आइसीसीमा प्रतिनिधित्व गरेका अग्रजहरू,राजनीतिक दलहरूको प्रतिनिधिहरूको सहभागीता रहेको पूर्व अध्यक्ष ओम गुरुङले जानकारी दिनु भयो ।
भेलाले दुबै पक्षलाई राखेर सहमती गराउने निर्णय गरेको बताएको छ ।
एनआरएनए जापानको विबाद समाधानको लागि भवन भट्टको संयोजनमा समिति गठनमा निम्न सदस्यहरु रहेका छन ।
संयोजक ः भवन भट्ट
सदस्यहरु ः देवमान हिराचन
ः राजन प्रधानङग
ः रोशन केसी
ः सुदन थापा
ः भूषण घिमिरे

