बिहिबार, असार ०४, २०८३

अस्ट्रियामा खोप नलगाउनेलाई ३६ सय युरो जरिवाना हुने

अस्ट्रियामा सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि युरोपेली देश ईयुकै त्यस्तो व्यवस्था गर्ने पहिलो राष्ट्र बनेको छ । अहिलेसम्म ७२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको अस्ट्रियामा नयाँ नियम फ्रेबुअरी १ देखि कार्यान्वयनमा आउनेछ ।

त्यस्तो विधयेक कानुन बन्न माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिबाट अनुमोदन हुनै पर्छ । तर ती कदम अब औपचारिकता मात्र हुने बताइएको छ । नयाँ कानुनका अनुसार मध्य मार्चबाट कोभिडविरूद्ध खोप नलगाउनेहरूले ३ हजार ६ सय युरोसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । खोपसम्बन्धी त्यस्तो आदेश सन् २०२४ को जनवरीसम्म लागु हुनेछ ।

सरकारले खोप नलगाएका मानिसहरू त्यसका लागि अगाडि आउन् भनेर प्रोत्साहन गर्नका लागि १.४ अर्ब युरो लगानी गर्दैछ । उक्त प्रस्तावलाई तल्लो सदनमा १३७ जनाले पारित गरेका थिए। विपक्षमा ३३ सांसद उभिएका थिए ।

उग्र दक्षिणपन्थी फ्रिडम पार्टी अस्ट्रियामा खोपविरोधी अल्पसङ्ख्यक खेमामा नेतृत्व गरिरहेको छ जो यस व्यवस्थाको विरूद्धमा उभिएको छ ।