कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ ।
उपप्रधानमन्त्री डोमिनिक राबले तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको पुष्टि गरेका छन् । अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको उनले जानाकारी दिए ।
पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यस साता दैनिक ९० हजार भन्दाबढी दैनिक संक्रमित भेटिएका छन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।
विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ८९ देशहरुमा फैलिएको छ । नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमाभन्दा कयौं गुणा संक्रमण क्षमता रहेको बताइएको छ ।

