मङ्गलबार, असोज २७, २०८३

बङ्गलादेशमा असुरक्षित चराहरूको सुरक्षार्थ ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध

बङ्गलादेशले सिकारीहरूबाट असुरक्षित वन्यजन्तु मार्ने क्रम नियन्त्रण गर्न ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध लगाएको छ । असुरक्षित वन्यजन्तुमा साइबेरियाबाट न्यानो हिउँदे हावापानीको खोजीमा बसाइँ सर्ने चराहरूको बथान पनि समावेश गरिएको छ ।

बङ्गलादेशमा तीन दशकभन्दा अघि वन्यजन्तुको सिकार गर्न अवैध गरिएको थियो तर पछिल्ला प्रक्षेपणहरूमा ‘न्युमेटिक’ हतियारहरू अझै पनि ग्रामीण गाउँहरूमा चरा तथा अन्य साना जनावरहरू सिकार गर्न प्रयोग गर्ने गरिएको देखिएपछि सरकारले एअर राइफलको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको हो ।

दक्षिण एसियाली देशमा लगभग एक दर्जन जंगली चराहरू लोप हुन लागेका छन् । चोरी शिकारी नियन्त्रण गर्न यहाँका सुरक्षा संयन्त्रहरूको प्रयास जीवन्त हुन सकेको छैन । खतरामा परेका चराहरू राजधानी ढाकाको सडकमा खुलेआम बेचिएका पाइन्छन् ।

वन विभागका प्रमुख मोला रेजाउल करीमले नयाँ आदेशबारे एएफपीसँगको प्रतिउत्तरमा भन्नुभयो, “हामीले वन्यजन्तु र जंगली चरा सिकारीविरुद्धको अभियानको घोषणा गरेका छौँ । लोपुन्मुख वन्यजन्तु संरक्षणमा बङ्गलादेशको यो प्रयासमा ‘कोसेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ ।”

प्रत्येक वर्ष रूसबाट दक्षिणतिर बसाइँ सर्ने पंक्षीका बथानलगायत यस देशमा चराहरूको मृत्युको लागि हवाई राइफल जिम्मेवार भएको करीमले बताउनुभयो ।

बङ्गलादेशमा ७०० भन्दा बढी प्रजातिका जंगली चराहरू बसोबास गर्छन् तर सिकार, जलवायु परिवर्तन र घट्दो जङ्गलहरूका कारण सुरक्षित आवासको ह्रास हुँदै जाँदा उनीहरूको अस्तित्व सङ्कटमा परेको छ ।

“एअर राइफल हाम्रो स्थानीय चराहरूको सुरक्षाका लागि सबैभन्दा बढी घातक मानिएका छन्,” बङ्गलादेशका प्रख्यात चरा विशेषज्ञ तथा लेखक शरिफ खानले बताउनुभयो ।

“कुनै गाउँमा एउटा एअर राइफल छ भने सयौं मानिसहरूले यसको प्रयोग गरिरहेका छन् । यदि ९कानुन० लागू भयो भने हामी हजारौं चराहरूलाई बचाउनेछौं,” उहाँले एएफपीसँग भन्नुभयो ।