शुक्रबार, बैशाख ०७, २०८१

तामाङ समाज जापानको १२औँ बार्षिकोत्सव अवसरमा 「तामाङ ताम」पुस्तकको विमोचन

जापान । नेपाल तामाङ समाज जापान NPO 法人 स्थापनाको १२औँ बार्षिकोत्सवको अवसरमा 「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन
कार्यक्रम गर्ने भएको छ ।

तामाङ भाषाविद् अमृत योन्जन तामाङको लेखन तथा नेपाल तामाङ सामाज जापानको प्रकाशनमा रहेको「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन
कार्यक्रम -२०२१ गर्न लागेको हो ।

आउँदो डिसेम्बर १९ तारिख आइतबार नेपालबाट भर्चुअल माध्यम जुम मार्फत् र जापानमा बसोवास गर्नुहुने महानुभावहरुका लागि टोकियोको गोतान्दास्थित माया रेष्टुरेण्टको हलमा कार्यक्रम हुने तामाङ समाज जापानका तेज थीङले जानकारी दिनुभयो ।

जापानमा तामाङ भाषा, संस्कार र संस्कृतिको संरक्षण एवं संवर्द्धनमा तामाङ तथा गैरतामाङ दाजुभाई दिदी बहिनी विभिन्न संघसंस्था सहयोगी तथा शुभचिन्तक महानुभावहरुमा साथ सहयोग र हार्दिकता प्रति नेपाल तामाङ समाज जापानले सदैव आभार प्रकट गरेको समाजकी अध्यक्ष रूबीना तामाङले बताउनु भयो ।

🔹तपशिल:
मितीः 2021/12/19
स्थान: माया रेष्टुरेण्ट गोतान्दा
जापानी समय : दिउसो २:००~५:०० बजेसम्म
नेपाली समय : बिहान ११:१५~२:१५ बजेसम्म
माध्यमः भर्चुअल माध्यम जुम
जुम आईडीः 517 388 4083
पासवार्डः 2009

आयोजक
नेपाल तामाङ समाज जापान【NPO 法人】