चितवन । नेकपा (एमाले) को १० औं महाधिवेशनमा महिला समानुपातिकबाट सिर्जना नेपालीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । शुक्रवारबाट चितनवमा सुरु भएको महाधिवेशनका लागि नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
नेपाली नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कोरियाकी अध्यक्ष, नेकपा एमाले एशिया औधोगिक क्षेत्रको उपाध्यक्ष, एनाअरएन कोरियाको पूर्वउपाध्यक्ष, अनेरास्ववियुको पूर्व सचिवालय सदस्य, मुक्ति समाजको पूर्व केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।
आम प्रवासी नेपालीको अधिकार र उत्पीडीत वर्गको मुक्तिको लागि नेतृत्वमा आफूले उमेद्वारी दिएको नेपालीले बताउनु भएको छ ।

