बिहिबार, बैशाख १०, २०८३

एनआरएनए राष्ट्रीय समन्वय परिषद् जापानको १०० दिन : के-के भयो ?

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) राष्ट्रीय समन्वय परिषद जापानको नवनिर्वाचित कार्यसमितिले सपथ लिएको १०० दिन पुरा भएको छ । एनआरएनए राष्ट्रीय समन्वय परिषद जापानको नवनिर्वाचित कार्यसमितिले सपथ लिएको १०० दिन पुरा भएको हो ।

एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण अगस्ट ८ तारिख निर्वाचन मण्डलले सम्पन्न गरेको थियो ।

एनआरएनए राष्ट्रीय समन्वय परिषद जापानको जुलाई ३० तारिख सम्पन्न निर्वाचनमा पराजित उमेद्वारहरूले धाँधली गरेर जितेको भनि आरोप लागिरहेको बीचमा निर्वाचन मण्डलले लामो समयको पर्खाई र विवाद पछी नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिई सपथ गराएको थियो ।

एनआरएनए जापान २०२१-०२३ का निर्वाचित महासचिव सिद्धार्थ श्रेष्ठले १०० दिनलाई यसरी सम्झिएका छन ।

𝑵𝑹𝑵𝑨 जापानको नवनिर्वाचित कार्यसमितिले सपथ लिएको पनि १०० दिन पुरा भए छ । कतिपय साथिहरूले मैले मत दिए एक पटक सम्झिदैन भन्नु पनि हुन्छ तर काम विशेषले नपरी किन डिष्ट्रव गर्नु भन्ने पनि लाग्छ । बरू मैले मत दिए अनुसार कस्ले कति काम गरेको छ भनेर मुल्याङकन गरिदिनु भयो भने अझ काम गर्न प्रोत्साहन मिल्ने थियो होला ।
बिभिन्न बिबाद, झमेला, अवरोधका बाबुजुत र आर्थिक हिसाब-किताब बुझबुझारथ नगर्दा पनि हामीले १०० दिनमा के-के काम गर्न सफल भयौ सानो जानकारी गराउन चाहन्छु ।
👉 झन्डै तिन हजार भन्दा बढी नेपालीलाई 𝑵𝑹𝑵𝑨 को सिफारिसमा कोभिड-१९ बिरूद्धको भ्याक्सिन लगाऊन सफल।
👉 𝑵𝑹𝑵𝑨 जापानको पहलमा सुरू गरिएको 𝑰𝑯𝑵𝑶 छात्रवृत्तीलाई निरन्तरता दिदै आगमी दुई बर्षका लागी तोकिएको मापदण्ड भित्र परेका ५० जना नेपाली बिधार्थीहरूलाई मासिक तिन मानको दरले बितरण गराउन सफल।
👉 𝑵𝑹𝑵𝑨 𝑫𝑨𝒀 कार्यक्रम मार्फत १२ जना असहाय बालबालिकालाई गोल्डेल ईन्टरनेसनल बोडिङ्ग स्कुलमा एक बर्ष सम्म लाग्ने सम्पुर्ण खर्च, खाजा र जाडोमा लगाउने लत्ता कपडाको ब्यबस्था गर्न सफल।
👉 एमबिसी कप क्रिकेटमा जापानमा रहेका नेपाली खेलाडीलाई सम्पुर्ण खर्च बापत उहाहरूले माँग गरेको रकम सहयोग गर्न सफल।उक्त प्रतियोगितामा नेपाल लगाएत ईङ्ल्याण्ड, अष्ट्रेलिया, ईन्डिया, न्युजरल्याण्ड, पाकिस्तान, बंगलादेश र श्रीलंका सहभागीता रहेको थियो।
👉 कोभिड-१९ बाँट कसरी सतर्कता हुने र पछिल्लो अबस्था बारे जनचेतना मुलक कार्यक्रम।
👉 इन्डोनेशियामा सोही देशकी एक युवती संग आफुहरू मलेसियामा रहदा प्रेम बिबाह गरि बसाई सरी ईन्डोनेसिया पुगे पछि अबैध बिबाह र भिजा नभएका कारण नेपाली दुई लाख जरिवाना तिर्न नसक्दा एक दशक देखी जेल जिवन बिताई रहेका एक गरिव परिवारका नेपाली युवकलाई छुटाउनको लागी आर्थिक संकलन गर्न सफल छुटाउन प्रकृया सुरू गरिएको छ ।
👉 जापानमा आफ्ना सन्तान सम्पर्क बिहिन भएकोले खोजि गरिदिन र कस्तो अबस्थामा रहेको भनि परिवारजनले 𝑵𝑹𝑵𝑨 जापानलाई गरेको अनुरोध अनुसार एक पुरूष र दुई महिलाको खोजी गरी परिवारलाई उहाहरू अबस्था अनुसार जानकारी गराउन सफल।
👉 पार्कमा ब्यवारिसे अबस्थामा बस्दै आएका केही नेपालीलाई नेपाल पठाउन वा ब्यबस्थापन गर्न सफल।
👉 जापानमा रहेका नेपालीको पारिवारिक र ब्यवासायमा देखिका बिबादहरू झन्डै दर्जनौ 𝑵𝑹𝑵𝑨 कार्यलयमा राखेर मिलाउन सफल।
👉 कोभिड-१९ को कारण हवाई उडान प्रभावित हुदा नेपालीहरू महत्वपूर्ण डकुमेन्ट, औषधि र उपचार सामाग्री पठाउन र ल्याउन सफल।
👉 नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको शुभकामना आदन प्रदान कार्यक्रम गर्न सफल।
👉 नेपाल सरकारको परराष्ट्र मन्त्रि ज्युलाई जापानमा नेपालीहरूको समस्या लगाएत हवाई उडानको टिकटमा भएको चर्को मु्ल्यबृद्धी सम्बन्धि ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाउन सफल।
👉 आत्महत्या रोकथाम सम्बन्धित अनलाईन प्रशिक्षण कार्यक्रम।
👉 भुकम्प सम्बन्धित पुर्व तयारी सुरक्षाको जानकारी मुलक कार्यक्रम
👉 𝑵𝑹𝑵𝑨 मेरो साथि कार्यक्रम मार्फत प्रत्येक महिना एउटा जानकारी मुलक कार्यक्रम।
👉 अन्य बिभिन्न कार्यक्रममा सहभागिता ,खेलाडीहरूको स्वागत, अन्त्येष्टिमा सहभागिता, नेपालीहरूको बिभिन्न समस्यामा हस्पिटल, पुलिस स्टेशन, नेपाली दुताबास, ईमिरग्रेशन लगाएतमा प्रत्यक्ष सहभागिता।