बिहिबार, बैशाख १०, २०८३

तमु धीँ जापानको नेतृत्वको लागि नोभेम्बर १५ सम्म उमेद्वारी दर्ता गर्न आह्रान

टोकियो । जापानमा गुरुङ समुदायको संस्था तमु धीं जापानको आगामी नेतृत्वको लागि उमेद्वारी दर्ता गर्न आह्रान गरेको छ । १९ औं अधिवेशन नोभेम्वर २१ हुने भएकोले नोभेम्बर १५ तारिख सम्म उमेद्वारी दर्ता गर्न आह्रान गरेको हो ।

सन १९९५ मा स्थापित संस्था तमु धीं जापानको १९ औं अधिवेशन नोभेम्वर २१ आईतबार टोकियो स्थित मुरा हल सोलमरीमा हुने निर्णय यसअघि नै गरेको थियो ।

तमु धीँ जापानका पुर्व अध्यक्ष याम तमुको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डलसहितको, पदाधिकारी, सल्लाहकारहरुको बैठकले उमेद्वारी दस्तुर, दर्ता लगाएतको निर्णय गरेको निर्वाचन मण्डलको सदस्यहरुमा पुर्व अध्यक्ष हर्क तमुले जानकारी दिनुभयो ।

तमु धीं जापान निर्वाचन समितीको सूचना:-
जापानमा गुरुङ अर्थात् तमुहरुको घर “ तमु धीं जापान “ ले गुरुङ हरुको मौलिक पहिचान,संस्कार,संस्कृति,भेषभुषा तथा भाषाको संरक्षण बिस्तारलाई आत्मा साथ गर्दै बिशेष गरेर जापानबासी गुरुङ हरु तथा नेपाली संघ-संस्थाहरु सँग भै परि आउने परिस्थिती सँग सहकार्य गर्दै आई रहेको दुई दशक भन्दा पनि बढी भएको छ। यसै शिलशिलामा २०२२-२०२४ को लागि नयाँ कार्यसमिती चयन अर्थात् “ १९ औं महाधिबेशन “ नोभेम्बर/यसै महिनाको २१ तारीक आईतबार हुन गैरहेको पुन जानकारी गराउन चाहन्छौ !
बर्तमान कार्य समितीले निर्बाचन टीमलाई दिएको जिम्मेबारलाई आत्मा साथ गर्दै-गर्दा १९ औं अधिनेशन मार्फत नयां कार्यसमिति चयन गर्ने बिषयमा केही प्रक्रियाहरु पालना गरि दिनु हुन सम्पूर्ण उमेरद्वारहरुमा निर्बाचन टीम हार्दिक अनुरोध गर्दछौ ।
अधिबेशन मार्फत पदहरु पुर्बत तमु धीं जापान कै बिधान अनुसार निरन्तरता रहने छ।यस पटक भने अधिबेशन हुनु अगाबै इक्छुक पद मा आफ्नो भनाई सहित तोकेको दस्तुर तलको मिती भित्र निर्बाचन टीमलाई बुझाउनु पर्नेछ । मिती : २०२१-११-५ बाट २०२१-११-१५ सम्म
जुनसुकै पदमा पनि एक भन्दा बढी उमेरद्वारको निबेदन परेको खण्डमा अधिबेशन हुने दिन सम्म तमु धीं जापानका संरक्षक ज्युहरु,सल्लाहकार ज्युहरुको सल्लाहा तथा सहमतीको आधारमा कुनै एकलाई चयन गर्ने पहल हुनेछ।यदी संरक्षक ज्युहरु,सल्लाहकार ज्युहरु को सल्लाहा र सहमतिबाट पनि निर्णय हुन नसकेको अबस्थामा अधिबेशनको दिनमा उपस्थित वर्तमान कार्यसमितीका पदाधिकारीहरु मार्फत भोटिंग अनुसार चयन गरिनेछ ।
कुनै पनि पदमा उमेरद्वारी नपरेको खण्डमा अधिबेशनको दिनमा उपस्थित सबैको सल्लाहा तथा सहकार्यमा २०२२-२०२३ नयाँ कार्यसमिती चयन (निर्बाचित) गरीने छ।

निर्बाचन कमिटी (तमु धीं जापान परिवार )
– याम तमु : 09061475148
– हर्क तमु : 08035574423
– श्री तमु : 090 4453 5350