बिहिबार, बैशाख १०, २०८३

अम्बिका जोशीलाई जापानका लागि कार्यवाहक राजदूतको जिम्मेवारी

टोकियो । नेपाली राजदूतावास जापानको लागि कार्यवाहक राजदूतको जिम्मेवारी अम्बिका जोशीले सम्हाल्नुभएको छ । राजदूत प्रतिभा राणा कार्यकाल सकिएर नेपाल फर्किएसँगै कार्यवाहक राजदूतको जिम्मेवारी जोशीले पाउनुभएको हो ।

जापानको लागि उपनियोग प्रमुखको रुपमा गत वर्ष जापान आउनुभएका जोशीले अँग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पुरा गर्नुभएको छ । नेपालको डोटी स्थायी घर भई विभिन्न निकायमा जिम्मेवारी पूर्ण काम गर्नु भएका जोशीले जापानवासी नेपालीहरुको काम कार्बाही चुस्त रूपमा हुने बताउनु भएको छ ।
जोशीले नेपाल सरकारले जापानको लागि नयाँ राजदूत नियुक्त गरेर नआउन्जेल जिम्मेवारी सम्हाल्नु हुनेछ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ भने जापानको लागि कुनै निर्णय भएको छैन ।