शुक्रबार, बैशाख १४, २०८१

लखपति योजना : सिटी एक्सप्रेसले पाँच जनालाई एक–एक लाख दिने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसको ब्राण्ड तथा प्रोमोशन प्रमुख अनिता आचार्यले जानकारी दिएकी छिन् ।

कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिटान्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीनकुमार श्रेष्ठ र जानुका चौलागाईं साथै दुबईबाट रेमिटान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्ने योजनामा रहेको छ ।

कम्पनीका अनुसार “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।