शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापानले ‘एनआरएनए मेरो साथी’ हरेक महिना जानकारी मुलक कार्यक्रम गर्ने

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको एउटा सु-सुचित सामाजिक अभियान एनआरएनए मेरो साथी अब हरेक महिना एउटा जानकारी मुलक कार्यक्रमको साथमा प्रस्तुत हुने भएको छ ।
यस अभियान अन्तर्गत जापानबासी तथा जापान आउने मनस्थिती बनाउनु भएका नेपालीहरुलाई यहाँको बस्तु स्थिती,अबसर अनि चुनौतीका बिषयमा जानकारी गराउन चेतनामुलक कार्यक्रम गर्न लागेको जनाएको छ ।

एनआरएनए जापानको आयोजनामा यहि अक्टोबर २३ तारिख “जापानमा विद्यार्थीहरुको अवसर र चुनौती” विषयक एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुको भाषा स्कुलको अध्ययन पश्चात भोकेश्नल कलेज(専門学校) तथा विश्वविद्यालयहरु (大学)हरु कसरी छनौट गर्ने के कस्ता विषयहरु पढेमा सम्भावना अधिक रहन्छ अध्ययन सक्किएपश्चात कसरी अगाडी बढ्न सकिन्छ ? लगयातका विविध विषयहरुमा अनुभवी तथा विषय विज्ञहरुसंग अन्तरंग छलफल सहितको कार्यक्रम गर्न लागिएको एनआरएनए जापानका सचिब श्याम श्रेष्ठले जानकारी जराउनु भएको हो ।

जापानमा पछिल्लो समय कोरोनाका कारण नेपाली बिद्यार्थीमा परेको मानसिक, आर्थिक तथा सामाजिक समस्याका कारण नेपाली बिद्यार्थीैमा डिप्रेसन सहितको मानसिक समस्याका कारण आत्महत्याका घटना दिनप्रति दिन बढ्दै गईरहेको अबस्थालाई ध्यानमा राख्दै बिद्यार्थी लक्षित कार्यक्रमलाई अगाडी सारिएको सचिब श्याम श्रेष्ठले जानकारी गराउनु भयो ।
यस अघि पनि एनआरएनए जापानको आयोजनामा आत्महत्याका कारण र त्यसको रोकथामका बिषयहरुमा बिज्ञहरु सहितको अन्तक्रिया कार्यक्रम आयोजना गरेको एनआरएनए जापानले यस्तै कार्यक्रमलाई निरन्तरता दिदै नेपालीहरुको समस्या समाधानको लागि सहयात्रीको भूमिकामा काम गर्ने पनि बताउनु भयो ।

सोही बमोजिम एनआरएनए जापानको वर्तमान कार्यसमिति (२०२१-0२३) को “एनआरएनए मेरो साथी” नामक सुसुचित अभियानको पहिलो श्रृंखलाको रुपमा संचालन गरिने यस विद्यार्थी लक्षित कार्यक्रममा, डा. वेद काफ्ले (Senior Researcher NICT Tokyo, Japan), जिज्ञान कुमार थापा (Program Office, Khanawawa International Foundation, Japan), डा . विष्णु प्रसाद गौतम Professor, Associate, Kanazawa Gakuin University Japan), डा .सरोज कंडेल (Research and Panning Division, Sizen Oyokagaku Co.Ltd) र शुसिला पौडेल (PHD Candidate in Disaster Nursing, Japan) को सहभागिता रहने छ ।

जापानबासी नेपालीहरुलाई दैनिक जीबन यापनमा सहज बनाउन र भबिष्य निर्माणका लागि जापानमा भएको अवसर र त्यसको चुनौतीहरुका बिषयमा सबैमा सुसुचित गराउने उदेश्यका साथ सुखमा पनि, दुःखमा पनि, जानकारी हाम्रो साथ तपाईंको नामक कार्यक्रम हरेक महिना फरक विषयवस्तुमा प्रस्तुत गरिने जनाईएको छ ।