शुक्रबार, असार ०५, २०८३

जापानमा डिसेम्बरदेखि कोरोना विरुद्दको तेस्रो डोजको खोप लगाउन सुरु गर्ने प्रधानमन्त्रीको घोषणा

टोकियो । जापानले आगामी डिसेम्बरदेखि कोरोना भाईरस विरुद्दको तेस्रो डोजको खोप लगाईने योजनाका बारेमा प्रधानमन्त्री फुमीओ किशिदाले मंगलबार सांसदको बैठकमा जानकारी गराएका छन ।

डिसेम्बरको सुरूवातसंगै तेस्रो डोजको खोप कार्यक्रम संचालनको लागि अन्तिम तयारीमा रहेको प्रधानमन्त्री किशिदाले बताए । तयसको कम्तीमा आठ महिना बितिसकेका मानिसहरुलाई बुस्टर शट अन्तर्गतको तेस्रो डोजको खोप प्रदान गरिन लागेको बताईएको छ ।

दोस्रो डोजको खोपको अवधि लामो संगै रोगबाट बचाउने एन्टिबडीहरु उत्पादनमा थप सहयोग गरिनुपर्ने अध्ययनले देखाएकोले तेस्रो डोजको खोप दिने योजना बनाईएको बताईएको छ ।
जापानमा गत फेब्रुअरीदेखि स्वास्थ्यकर्मी र ६५ वर्ष माथिको उमेर समूहमा पहिलो चरणमा खोप लगाएपछि मात्र सर्वसाधारण मानिसमा कोरोनाभाईरस विरुद्दको खोप कार्यक्रम संचालन गरिएको थियो ।

देशभरमा कोरोना संक्रमणको दरमा भारी रूपमा गिरावट आएसंगै जापानले अक्टोबर १ देखि १८ वटा प्रान्तमा लगाईदै आएको आपतकाल हटाई आर्थिक र सामाजिक गतिविधिलाई बढ़ावा दिदै अर्थतन्त्रलाई पुरानो अवस्थामा लैजानका लागि आवश्यक कदम चाल्ने योजनासंगै तेस्रो डोजको खोप कार्यक्रम संचालन गर्न लागिएको बताईएको छ ।

जापानमा विशेष गरेर मोर्डेना, फ़ाइज़र र अस्ट्रेजिया नामक कोरोना भाईरस विरुद्दको खोप प्रदान गरिएको छ । हालसम्म जापानमा ६२ प्रतिशत मानिसले कोरोना भाईरस विरुद्धखोप लगाईसकेको बतबएको छ ।