जापानमा कोरोना संक्रमणबाट थप एक नेपालीको निधन, दाहसंस्कारका लागि आर्थिक संकलन

टोकियो । जापानको साईतामा प्रान्तमा बस्ने सर्जमान गुरुङको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ । कुकमा कार्यरत गुरूङको कोरोना संक्रमणपछि अस्पतालमा उपचारको क्रममा शुक्रवार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

जापानमा श्रीमतिसंगै बस्दै आएका मृतक गुरूङको नेपालमा आमा बुवा र छोरा रहेका छन् । अन्नपूर्ण गाउँपालिका वडा ९ हाल लामाचोर १९ पोखरा महानगरपालिका कास्कीका ३८ बर्षिय सुर्जमान गुरुङको लामो समयदेखि उपचार असफल भएपछि निधन भएके हो । मृतक गुरूङकी श्रीमति पनि कोरोना संक्रमित पछि हाल कोरोनामुक्त भएको बताईएको छ ।
जापानमा क़ोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आधा दर्जन नाघिसकेको छ ।
गत शनिवार मात्र जापानको कानागावाको होदोगाया बस्ने नेपाल नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको थियो ।

त्यसै गरि गत हप्ता नै अन्य दुई जना नेपालीको असामयिक निधन समेत भएको थियो ।

मृतक गुरूङको जापानमैं दाहसंस्कारका लागि तमु धीँ जापान, कास्की पोखरा समाज जापान, पन्चासे समाज जापानले आर्थिक सहयोगको लागि अपिल गरेकोछ ।

आर्थिक सहयोगको लागि
खाता न : 10150- 88499201 JP シャ(タムディン ジャパン)
सम्पर्क
जीवन गुरुङ 08041192035
प्रतिक्षा गुरुङ ( श्रीमती )08081840229

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: