जूलियस र पाटापोटियनलाई चिकित्साशास्त्रको नोबेल पुरस्कार

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेकोमा अमेरिका र लेबनानका वैज्ञानिकद्वयलाई २०२१ को नोबेल पुरस्कार दिइने भएको हो । डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् ।

नोबेल एसेम्बलीले भनेको छ, ‘गर्मी, चिसो र स्पर्श महसुस गर्ने हाम्रो क्षमता अस्तित्वका लागि आवश्यक छ र यसले वरपरको संसारसँगको अन्तरक्रियालाई बलियो बनाउँछ ।’ । उनीहरुको अहिले पत्ता लगाएको खोजबाट मानिसको स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श गरेको थाहा पाउँछ भन्ने बुझ्न सहयोग गर्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: