जापानको सत्तारुढ दल एलडीपीको अध्यक्षमा किशिदा निर्वाचित, अक्टुबर ४ मा प्रधानमन्त्री बन्ने

जापान । जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिदा निर्वाचित हुुनुभएको छ । लिवरल डेमोक्रयाटिक पार्टी एलडीपीको निर्वाचन समितिले बुधबार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो ।
जापानका पूर्व विदेशमन्त्री समेत रहनु भएका किशिदाले २५७ मत ल्याएर जित हासिल गर्नु भएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत ल्याउनु भएको थियो ।

नव निर्वाचित अध्यक्ष किशिदा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने निश्चित छ । आगामी अक्टुबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरुले जनाएका छन् । उहाँले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाउनु भएको हो ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोना भाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गर्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लाग्नु भएको छ ।

नवनिर्वाचित अध्यक्ष किशिदा अहिले ६४ बर्षको हुनुभएको छ । उहाँको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहदै आउनु भएको छ । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बन्नु भएका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि हुुनभएको थियो ।

जापानको राजनीतिक परिवारका सदस्य किशिदाका बुवा र हजुर बुवा समेत प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: