बिहिबार, बैशाख ०६, २०८१

विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघ महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उनले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा यस्तो बताएका हुन् ।

उनले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महामसचिव गुटर्रेसले हतियार मानवताविरुद्ध घातक भएकोले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्नेमा जोड दिए । तर अहिले पनि आणविक हतियारहरु विश्वमा अहिले पनि एक चुनौतीका रुपमा रहेको पनि उनले बताए ।

उनले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएको भए पनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको बताए । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको पनि उनले बताए ।