शुक्रबार, चैत १६, २०८०

भारतमा गुलाब आँधीका कारण दशौं हजारलाई सुरक्षित स्थानमा सारियो,समुद्रि किनारमा नजान चेतावनी

भारतमा गुलाब चक्रवातका कारण पूर्वी राज्यहरुबाट दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आइतबार साँझदेखि भीषण वर्षा र भयंकर हावाहुरी आउने क्रम जारी रहेको छ भने चक्रवातको प्रभाव वंगालको खाडीसम्म आईसकेको छ ।

चक्रवातले बाढी र पहिरोको जोखिम पनि बढाएको छ । प्रतिघण्टा ९५ किलोमिटरका गतिले आईरहेको आँधी मध्यरातबाट उडिसा र आन्द्रप्रदेशमा पनि प्रवेश गरेको छ ।

आँधी प्रभावित राज्यहरुबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने नदी किनार, नहर तथा समुद्रि किनारमा नजान चेतावनी दिइएको छ ।