नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेस्रो सम्मेलन टोकियोमा सम्पन्न, अध्यक्षमा गैरे

 

जापान । नेकपा माओवादी नेत्र बिक्रम चन्द (बिप्लब) नेतृत्वको प्रवास संगठन नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेस्रो सम्मेलन टोकियोमा सम्पन्न भएको छ ।
भौतिक र भर्चुअल माध्यमबाट नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेस्रो सम्मेलन टोकियोमा सम्पन्न भएको हो ।

प्रवासमा हुने सबैखाले शोषण दमन र दलालीको भण्डाफोर गरौ। नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेस्रो अधिवेशन सफल पारौ”भन्ने नारा सहित आयोजक समितिका संयोजक दुर्गा खड्काको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लबको प्रमुख आतिथ्यता र बिदेश बिभाग प्रमुख कन्चनको उपस्थितीमा जापानको सम्पन्न भयो ।

भर्चुअल माध्यमबाट भएको उक्त सम्मेलन उत्घाटन सत्रमा पार्टी महासचिव बिप्लब,प्रबास बिभाग प्रमुख कन्चन तथा उक्त पार्टी सम्बद्द नेपाली जनप्रगतिशिल मोर्चा युरोप, कतार, मध्य पुर्ब,पुर्बी एसिया,बहराईन,साउदी,मलेशिया,यूएई,

ओमान ,हगंकगं र पोर्चुगलका संयोजकहरुले शुभकामना व्यक्त गरेका थिए ।

लगत्तै सम्पन्न भएको बन्दसत्रबाट निम्नानुसारको कार्यसमिति निर्वाचित गरेको छ अध्यक्ष निरन्जन गैरे, वरिष्ठ उपाध्यक्ष सरु अधिकारी, उपाध्यक्ष आकाश वली र निरन्जन भट्टराई, महासचिव  कृष्ण शाही, सचिब अनिल पन्त, कोषाध्यक्ष  टोप घर्तिमगर चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रकाश बिक,भिम न्यौपाने, शुदर्शन नेपाल, अवि गजमेर, गणेश केसी , सागर भारती, ठकेन्द्र वली, सन्तोष चन्द, सबिना वली, नबिन न्यौपाने,केशब रेश्मी,हेमन्त रेश्मी, इन्द्र बस्नेत, आकाश पुन चयन भएको मोर्चा जापान का अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: