शुक्रबार, बैशाख ०७, २०८१

नेपाली विद्यार्थी समाज जापानको कान्साई क्षेत्रीय समिति गठन

जापान । जापानमा नेपाली विद्यार्थीहरुको लागि सहयोगको लागि बनेको नेपाली बिधार्थी समाज जापान(नेसाज) को कान्साइ क्षेत्रीय समिति गठन कार्यक्रम स्वास्थ्यको आवस्यक सतर्कता अपनाउदै ह्योगो केन को कोबे सिटिमा सम्पन्न भएको छ।

संस्थाका महासचिब सन्जय कार्कीको अध्यक्षता र नेसाजका सल्लाहकार नरेन्द्र बस्नेतको प्रमुख आथित्यता र विशिष्ट अतिथि नेसाजकै सल्लाहकार कोबे युनिभर्सिटिका डा.भरत नेगि, एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटवालका साथै अतिथिमा संस्थाका पुर्ब अध्यक्ष निबर्तमान कोषाध्यक्ष एनआरएनए कान्साइ संयोजक लगायतको उपस्थिति रहेको थियो।

कोभिड-१९ को कारण काम नभएर अथवा इमिग्रेसनले निश्चित समयको लागि काम गर्ने अनुमति नदिएर दैनिक जिवन यापनमा साच्चिकै समस्यमा पर्नु भएका हयोगो केन कोवे का बिधार्थिहरुलाइ(兵庫県日本語教育機関連絡会) Hyogo Prefectural Japanese Language Education Liaison Committee र नेसाजको सहकार्यमा भएपनि राहत सामग्रि बितरणको जानकारी उक्त संस्थाका निर्देशक मार्फत गराइएको थियो भने कार्यक्रम स्थलमा ल्याइएको थोरै सामग्री उपस्थित बिद्यार्थी हरुलाई वितरण गरिएको थियो ।
जसको व्यवस्थापन तथा सहजिकरण नेसाज का सल्लाहकार एबम कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र बस्नेत र सभाअध्यक्ष एबम नेसाजका महासचिब सन्जय कार्कीले गर्नु भएको थियो।
दल दमाईंको संयोजकत्वमा ९ जनाको नेसाज क्षेत्रिय समिति कान्साइ गठन भएको छ । जसको उप-संयोजकमा उमेश अधिकारी, सचिब किरण अधिकारी लगाएत का बिधार्थि हरु चुनिनु भएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार एबम कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र बस्नेतले अहिलेको यो विषम परिस्थितिमा धेरै जसो नेपाली बिधार्थिहरुले स्युस्योकु गर्दै आउनु भएको होटल टुरिजम इजाकाया लगाएतको क्षेत्रमा कोरोनाको नराम्रो प्रभाव परेका कारण अध्ययन पुरा गरेर अहिले स्युस्योकु गर्न पहिले भन्दा केहि कठिन भएतापनि असम्भव नभएको हुनाले स्वयम् बिधार्थीले अलिक मिहिनेत गर्दै JLPT,TOEIC लगायतका परिक्षा उतिर्ण गरेमा थप सहयोग पुग्ने र नेपालबाट ब्याचलर नगरि आउनु भएका र जापानमा सेन्मोन गाक्को पछि स्युस्योकु गर्न गाह्रो महशुस गर्नु भएका बिधार्थिहरुले पुन: सेन्न्मोन गाक्कोउ भन्दा पनि दाइगाकु हेन्युउ लगायतका राम्रो बिकल्पहरु खोज्दा उपयुक्त हुने लगायतका बिबिध बिधार्थिलाइ अति नै महत्वपुर्ण जानकारी दिनु भएको थियो ।
त्यस्तै डा. नेगीले कोरोना पछि जापानमा नेपालीहरुको मृत्यु दर बढेको र त्यसको निराकरणको लागि आवस्यक सर सल्लाह प्रदान गर्दा बिश्व बिद्यालय अध्ययनमा चासो हुने बिद्यार्थीहरु भएमा आफुले जानेको सकेको सरसल्लाह सहयोग गर्न हरदम तयार रहेको कुरा जानकारी गराउनु भयो।

अन्तमा सभाअध्यक्ष एबम संस्थाका महासचिब सन्जय कार्कीले नेसाज दुई वर्षे कार्यकाल मा नेसाजलाइ धेरै भन्दा धेरै नेपाली विद्यार्थी माझ पुर्याउने उद्देश्यले क्षेत्रिय समिति बिस्तार कार्यक्रम गर्दै आएको र
नेपाली विद्यार्थी समाज जापान (नेसाज )ले विजया दशमी ,शुभ दिपावली ,छठ तथा नेपाल सम्वत् ११४२ को पावन अवसर पारी एतिहासिक स्मारिका प्रकाशन गर्न लागेको जानकारी गराउदै बिधार्थिहरु माझ भएका लेख, रचना नेसाजलाइ पठाउन पनि अनुरोध गर्नु भएको थियो ।