एनआरएनए जापानमा आर्थिक बाहेक बुझबुझारथ सम्पन्न

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको बुझबुझारथ भएको छ ।
गत जुलाई ३० तारिख सम्पन्न एनआरएनए जापानको निर्वाचन पश्चात विबाद नै विवदमा रहेको एनआरएन जापानमा आर्थिक बाहेक सम्पूर्ण हस्तान्तरण भएको हो ।
गत निर्वाचनका धाँधली भएको भनि परेको निबेदनमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले विवादको वास्तविकता पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन एनआरएनए आईसीसीलाई हिजो मात्र निर्देशन दिएको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष र महासचिबले बुझबुझारथ गरे पनि निवर्तमानको कोषाध्यक्षले बुझबुझारथ नगरेको महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनु भयो ।
२०१९-२०२१ कार्यसमितिको आर्थिक प्रतिवेदन बार्षिक साधरणसभामा पनि पेस भएन भने अधिबेशनमा पनि बैठकमा पास नगरी महाधिवेशनमा पेस गर्न रोज्दा बिबाद भए पनि पास हुन सकेको थिएन श्रेष्ठले भने तत्कालिक प्रवक्ता वर्तमान महासचिव श्रेष्ठले आर्थिक स्पष्ट नभएको भन्दै प्रमाण सहित अध्यक्ष मण्डलमा छानबिन गर्न माँग गर्दै निबेदन दिए पनि कुनै सुनाई नभएको बताउनु भयो ।
अब भने बुझबुझारथ नभएको बिषयलाई आईसिसि मार्फत बुझ बुझारथ गराउन अपिल गर्दै आईसिसीलाई निबेदन गर्ने र बुझबुझारथ नगरे सम्म एनआरएनए जापानको केन्द्र देखी क्षेत्रको आयोजनामा हुने कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय समेत बैठकले गरेको महासचिव श्रेष्ठले जानकारी दिनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: