शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानको विबाद पराराष्ट्र पुग्यो, सत्य तथ्य जानकारी पठाउन आईसीसीलाई निर्देशन

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको विवाद पराराष्ट्र मन्त्रालय पुगेको छ ।
गत जुलाई ३० तारिख सम्पन्न एनआरएनए जापानको निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले विवादको वास्तविकता पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन एनआरएनए आईसीसीलाई निर्देशन दिएको छ ।
अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको, प्रविधिको दुरुपयोग गरि ६० वटा ग्रुप मेलबाट २९०४ मत मतदाताको मताधिकारको दुरुपयोग गरी खसालिएको तथ्यसहितको प्रतिवेदन बुझाएसँगै सोही प्रतिवेदनका आधारमा निर्वाचनमा अनियमितता भएको पाइएकोले एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचनको वैधतामा समेत मन्त्रालयले प्रश्न उठाएको छ ।
मन्त्रालयले जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि र अब हुने गैरआवासीय नेपाली संघको दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ, धाधलीरहित, निष्पक्ष र विश्वासनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत स्पष्ट जानकारी मन्त्रालयलाई गराउनका लागि निर्देशन समेत गरिएको छ ।

बिहिबार परराष्ट्र मन्त्रालयका सह सचिव भरतकुमार रेग्मीद्धारा हस्ताक्षरित गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का नामका पठाइएको पत्रमा निर्वाचन प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयावधि भन्दा पछिसम्म पनि निर्वाचन गराएइको, अगष्ट १५ पछिपनि प्रतिनिधिको विवरण पठाइएको, उम्मेद्धार भएका व्यक्ति नै निर्वाचन गराउने प्रक्रियामा सामेल भएको पाइएको, निर्वाचन आचारसंहिताको पालना नगरि उलंघन गरिएको लगायतका गुनासा मौखिक तथा लिखित रुपमा मन्त्रालयमा आएकोले सोको बारेमा यथार्थ जानकारी दिनका लागि समेत संघलाई निर्देशन दिएको छ ।
पत्रको ब्यहोरा यस्तो छ :