शुक्रबार, चैत १६, २०८०

नेसाज जापानद्वारा सल्लाहकार समिति चयन, संरक्षकमा कृष्ण भुसाल

जापान । नेपाली विधार्थी समाज जापान (नेसाज)ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ ।

सन १९९७ मा स्थापना गरिएको नेसाजले विधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नका लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गर्नु भएका व्यक्तित्वहरुका बिचमा गोष्ठी, ज्ञान सिपको आदानप्रदान लगाएत विभिन्न ज्ञानमुलक कार्यक्रमहरु गर्दै आईहेको यस संस्थाले आफ्ना गतिविधीहरुलाई थप सकृय रुपमा अघी बढाउनका लागि २०२-०२३ कार्यकालका लागि संरक्षक तथा सल्लाहाकार समिती समेत चयन गरिएको छ ।

प्रमुख सल्लाहकारमा नेसाजको हरेक गतिबिधिमा नजिक बाट सकृय रुपमा साथ सहयोग गर्दै आउनु भएका नेसाजका पुर्व अध्यक्ष डा. सरोज कंडेल चयन हुनु भएको छ भने संरक्षकमा नेसाजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भुसाल रहनु भएको छ ।

त्यस्तै सल्लाहाकारहरुमा गोबिन्द श्रेष्ठ, डा.सुदिप अधिकारि, डा. वेद काफ्ले, डा. हरी देवकोटा, डा. होम बहादुर रिजाल,डा. भरत नेगी, शिव प्रसाद पौडेल, जिज्ञान कुमार थापा, दिपक कार्की,नरेन्द्र कुमार बस्नेत रिशभ पौडेल, बिमल अधिकारी, रहनु भएको छ ।

सल्लाह सुझाबले संस्थालाई अझ उचाइमा पुर्याउने कुरामा बिस्वस्त रहेको कुरा महासचिव सञ्जय कार्कीले बताउनु भयो  ।